सहमति र सहकार्यका लागी पद त्याग गरे–निबर्तमान उपमहासचिव सुरेश हमाल

२०७४ माघ २०, शनिबार १५:४७ गते २०७४ माघ २०, शनिबार १५:४७ गते २०७४ माघ २०, शनिबार १५:४७ गते

घोराही, माघ २०

नेपाल यातायात ब्यवसायी महासंघको महासचिवमा दावि गर्दै आएका सुरेश हमालले यातायात ब्यवसायि महासंघको महासचिवमा सर्वसम्मत बनाउन आफुले उक्त पदमा उम्मेद्वारी नदिएको बताएका छन् । नयाँ नेतृत्व सर्वसम्मत बनाउन लागि आफुलाई पद नचाहेको भन्दै हमालले नयाँ नेतृत्व सर्वसम्मत बनाउन आफुले दावि गर्दै आएको महासचिवमा सर्वसम्मत नेतृत्व छानेको बताए । केही दिन अघि मात्रै हमालले आफुले महासचिवमा इच्छा गरेको भन्दै प्रचार प्रसारलाई तिव्र पारेका थिए ।

आफुले दावी गरेको महासचिव पदमा निर्वाचन हुने देखेपछि आफुले महासंघमा सहमतिको नयाँ पद्धति सुरुवात होस भनेर पद त्याग गरेर सहमतिको वातावरण तय गरेको हमालले दावि गरे । राप्ति अञ्चल सार्वजनिक यातायात ब्यवसायि समितिका अध्यक्ष समेत रहेका हमालले यातायात ब्यवसायी महासंघको राम्रो पदमा जानका लागि दङ्गालि जनता, यातायात क्षेत्रका अगुवा, ब्यवसायिले शुभेच्छा जाहेर गरेपनि सर्वसम्मतका लागि आफुले महासचिव पदमा उम्मेद्वारी नदीएको स्पष्ट पारे । ‘निर्वाचन भन्दा सर्वसम्मतवाट नेतृत्व छानौ भन्ने मेरो सुरुदेखी मान्यता थियो, महासचिवमा मैले दावि पनि गर्दै आएको थिय, तर मेरै कारणले निर्वाचन हुने सम्भावना देखेपछि मैले सर्वसम्मतको वातावरण तयार गर्दै सो पदमा उम्मेद्वारी दिएन–उनले भने–‘निर्वाचित अध्यक्ष, महासचिव लगायत नयाँ पदाधिकारी सबैलाई बधाई तथा शुभकामना दिन चाहन्छु, यातायात क्षेत्रका समस्या समाधान गर्न नेतृत्वले अगुवाइ गर्नेछ भन्ने विश्वाससमेत लिएको छु’ । हमाललाई उदृत गर्दै पत्रकार शरद रेग्मिले लेखेका छन्–‘सुरेश हमालको उम्मेदवारी कुनै पदमा परेन ।शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन ।’

नेपाल यातायात ब्यबसायि राष्ट्रिय महासङघका निबर्तमान उपमहासचिव हमालले सहमति र सहकार्यका लागि भन्दै आफुले कुनै पदमा उम्मेदवारी नदियको बताएको पत्रकार रेग्मिले बताए । हमालले पर्टिको निर्देशनमा आफुलाई सुरुमा महासचिवमा पदमा उम्मेदवारी घोषणा गरेकोमा अन्तिम अबस्थामा पार्टीले सबैलाई मिलाएर अगाडि बढ्ने भनी सहमति गरेपछि आफुले कुनै पदमा उम्मेदवारी नदियको पनि प्रष्ट पारे ।

तर हमालले आफु जुनसुकै अबस्थामा पनि यातायातको बिकास र बिस्तार देखि ब्यबसायिहरुलाई पर्ने हरेक सुखदुःखमा संगसंगै रहने प्रतिवद्धता जाहेर गरेका छन् । साथै हमालले आफुलाई यस अबसरमा हरेक क्षेत्रबाट सहयोग गर्ने र शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । राप्ती बस समितिका अध्यक्ष हमालले भने–‘ूम सधैंभरि यातायातकका साथिहरु संग छु, पदमा भयपनि नभयपनि काम गर्न पछि पर्ने छैन’ । हमालले उक्त पदमा उम्मेद्वारी नदिएपनि भरत नेपालले महासचिवमा उम्मेद्वारी दिएका थिए । चुनाव हुँदा नेपाललाई पछि पार्दै सरोज सिटौलाले करीव ६ सय मत प्राप्त गरेर दोब्बर मतले सो पदमा विजय हासिल गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *