काठमाडौं, २७ जेठ – सुनसरी, बारा, सप्तरी, महोत्तरी र चितवनमा भएकाछुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
सुनसरी, दुहवी नगरपालिका-५ बुढीपुलस्थित सडकमा यूपी ५७ एटी ३८३७ नम्बरको ट्रकले को.२८ प ८५४४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ईटहरी उपमहानगरपालिका-२० बस्ने५८ वर्षीया कृष्ण कुमारी खवासको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक मृतकका पति र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२३ स्थित सडकमा ना.१ ज ७७६६ नम्बरको म्याजिकले ना.५३ प ९१३४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-२ छपकैया बस्ने ३६ वर्षीय सदाम हुसेन ठकुराइको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । म्याजिकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, कंचनरुप नगरपालिका-१० बदगामास्थित सडकमा ना.२ ख ९२१० नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-३ बरमझियाको तत्मा टोल बस्ने ३० वर्षीय चन्देश्वर दासको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एमडिएस अस्पताल रुपनगर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थपउपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, बर्दिवास नगरपालिका-३ कारेभोगटे पुलमा ना.५४ प ८९५४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही ईश्वरपुर नगरपालिका-३ बस्ने २६ वर्षीय सूर्य कुमार मिस्त्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका-३ बस्ने २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका-३ मौवाखोलास्थित सडकमा बा.५ ख ७८४३ नम्बरको बसको ठक्करबाट सोही बसका सहचालक सुनसरी झुम्का बस्ने २३ वर्षीय जनक दाहालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0