एनआरएनए अध्यक्ष आचार्य र केसीसहितको प्रतिनिधिमडंलद्धारा प्रधानमन्त्रीसँग भेट

२०७९ जेष्ठ २८, शनिबार २०:१२ गते २०७९ जेष्ठ २८, शनिबार २०:१२ गते २०७९ जेष्ठ २८, शनिबार २०:१२ गते

काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य र अध्यक्ष डा. बद्री के.सी संग गएको एक प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्री शेरवहादुर देउवा संग भेटघाट गर्यो । सर्वप्रथमतः प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कार्याशालामा प्रमुख आतिथ्यताका लागि अनुरोध गरेकोमा सम्माननीय प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यतालिका हेरेर उपस्थित हुने जानकारी समेत गराउनु भयो ।

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसिले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्या बारे अवगत गराउँदै उहाँहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् । यसरी नै अध्यक्षद्वले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषयहरु संबोधन भएकोमा नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्नु भयो ।

यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीले प्रतिनिधि मंडलले उठाएका विषयहरुमा चासो लिदै त्यस विषयहरु प्रति नेपाल सरकार सकारात्मक रहेको जानकारी दिनु भयो ।

आजको भेटघाट कार्यक्रममा उपाध्यक्ष नरेन्द भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसिसि पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधि मार्फत आयोजना हुन गईरहेको छ । यस कार्यक्रममा सहभागीताका लागि नेपाल सरकार सम्बन्धित मन्त्रालयहरु, राजनैतिकदलहरु र सरोकारवालाहरु संग भेटघाटको क्रम रहेको छ ।

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *