लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देशको साथ नयाँ गीत ‘छोरी’ सार्वजनिक

२०७९ जेष्ठ २८, शनिबार २०:३८ गते २०७९ जेष्ठ २८, शनिबार २०:३८ गते २०७९ जेष्ठ २८, शनिबार २०:३८ गते

छोरीलाई सही संस्कार , समान अवसर र हौसला दिएर सक्षम बनाउन सकिन्छ । छोरी सक्षम हुनुले लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश प्रवाह गर्ने गीत ‘छोरी’ कडरिया इन्टरटेनमेन्ट मार्फत भर्खरै सार्वजनिक भएको छ । शिव पलाँसको शब्दलाई रमेश कडरियाले संगीत गरेका छन् भने भ्वाइस अफ किड्सका फाइनल प्रतिस्पर्धी रुक्सना लिम्बु र अनुजा कडरियाले आवाज भरेका छन् । यसका साथै गीतमा रयापर क्यानोपसको पनि आवाज छ ।

यो गीतको भिडियोमा कार्टुन क्रु जुनियरको डान्स आस्मा विश्वकर्मा, रमेश कडरिया, युनिका कडरियाका साथै गायिकाद्वय लिम्बु र कडरियाको अभिनय देख्न पाइन्छ । सरोज अधिकारीको भिडियो निर्देशनमा निमबाबु तामाङले गीतमाथि कोरियोग्राफी गरेका छन् ।

रमेश कडरियाले यसभन्दा पहिला पनि महिला हिंसा बिरुद्धको सचेतनामुलक गीत कठोर’ल्याईसकेका छन् । भिडियो ‘कडरिया इन्टरटेन्मेन्ट प्रा.लि.मार्फत ‘कडरिया इन्टरटेन्मेन्ट युट्युब’ च्यानल बाट सार्वजनिक गरेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *