काठमाडौं, २९ जेठ – मकवानपुर, बकैया गाउँपालिका-५ कर्मचुली बस्ने राक्सीराङगाउँपालिका-१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, भिमफेदी गाउँपालिका-६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ देबघाट गाउँपालिका-४ बस्ने २१ वर्षीयसरोज भुजेल र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-९ बस्ने २३ वर्षीय जंग बहादुर तामाङ रहेका छन् । वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ३५५३ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवर रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेकाउनीहरूलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।साथै सोही ठाउँबाट करिब १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भारतबाट नेपालतर्फ आउँदै गरेका दाङ लमही नगरपालिका-५ बस्ने २१ वर्षीय दिवस डाँगीसमेत ३ जनालाई पनि शनिबार राति सोही प्रहरी टोलीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0