काठमाडौं, २९ जेठ – मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ स्थित सडकमा एनएल०१ एल २९७१ नम्बरको ग्याँस वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदामोटरसाइकल चालक सोही उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र मोटरसाइकलमा सवार उनकै छोरी २६ वर्षीया अमिना तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमाउपचारको क्रममा मृत्यु भएको हो । ग्याँस बुलेट चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, कोहलपुर नगरपालिका-२ मनकामना चोकमा भे.१० प २७११ नम्बरको मोटरसाइकल र लु.८४ प १६१७ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा लु.८४ प १६१७ नम्बरको मोटरसाइकल चालक बर्दिया सानोश्री बस्ने ४१ वर्षीय सूर्य प्रकाश वलिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा भे.१० प २७११ नम्बरको मोटरसाइकलमा सवार २ जना सामान्य घाइते भएका छन् ।
बर्दिया, बासगढी नगरपालिका-८ स्थित चोकमा बाग्मती प्रदेश ०३-०१-००६ ख ३६११ नम्बरको ट्रकले बा.२६ प ६५३१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक २५ वर्षीय जय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।
सुनसरी, कोशी गाउँपालिका-५ स्थित सडकमा को.२ च३९९२ नम्बरको स्कारपियो गाडीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-७ बस्ने १८ वर्षीय श्रबन कुमार मेहताको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराटनरसिंह होम अस्पताल हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी आफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किन गई पैदलयात्रीलाई समेत ठक्कर दिएर दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार चालक समेत ६ जनाको बिराटनरसिंह होम अस्पतालमा उपचार भइरहेको छ ।
सुर्खेत, पञ्चपुरी नगरपालिका-३ तोक्मा खोलामा भे.१ त ९२६२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने उदय तिरुवाको छोरा १३ वर्षीय तुलाराम बिकको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र सालकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0