दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ

२०७९ जेष्ठ ३०, सोमबार २२:१४ गते २०७९ जेष्ठ ३०, सोमबार २२:१४ गते २०७९ जेष्ठ ३०, सोमबार २२:१४ गते

काठमाडौं, जेठ – काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा (आखेटोपहार) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-१ घर भएका २५र्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकाष्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा क्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *