बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ ३०, सोमबार २२:३३ गते २०७९ जेष्ठ ३०, सोमबार २२:३३ गते २०७९ जेष्ठ ३०, सोमबार २२:३३ गते

काठमाडौं, जेठ – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनललितपुरको २०७७ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, १० ला ५० हजार रुपैयाँ जरिवान विगो रुकम १० ला ५० हजार रुपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौगोकर्णेश्वर नगरपालिका-६ बस्ने  सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ४७ वर्षीय भिम बहादुरतामाङला सोमबार प्ररीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ बैशाख २ गतेको फैसलाले बैंकिङ कसूरमुद्दामा ७ दिन कैद र १८ लाख ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो । ज्योति विकास वैंक लिमिटेड जोरपाटी शाखामा रहेको तामाङको खातामा पर्याप्त मौज्दात रकम नभएकोमा रकम भुक्तान हे भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ फागुन १७ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेरिएको छ ।  

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *