रगतको आँसु बग्ने अचम्मका बिरामी

२०७५ कार्तिक १६, शुक्रबार ०६:०१ गते २०७५ कार्तिक १६, शुक्रबार ०६:०१ गते २०७५ कार्तिक १६, शुक्रबार ०६:०१ गते

काठमाडौं । कुनै पनि मानिसको लागि बिरामी हुनु नौलो कुरा होइन । मानिसहरु भिन्न भिन्न किसिमको समस्याले ग्रासित हुने गर्छन् । यद्यपि संसारमा यस्तो पनि रोग छ, जसको कारण विना कुनै चोट आँखाबाट रगत आउने गर्छ ।

इटालीका एक व्यक्तिलाई निकै दुर्लभ मानिने यो रोग लागेको हो । ५२ वर्षीय यी व्यक्तिको आँखा, नाक तथा टाउकोको कुनै पनि हिस्सामा समस्या छैन तर उनको आँखाबाट रगत आउने गर्छ । समाचारमा बताइएअनुसार जुनसुकै बेला उनको आँखाबाट आँसु आउन सक्छ ।

यो समस्या लिएर परीक्षणको लागि अस्पताल पुगेका उनलाई हमोल्याक्रिया नामक रोग लागेको हो । परीक्षणको लागि अस्पताल गएको उनको बसिरहेकै अवस्थामा आँखाबाट आँसु बसेको थियो ।

हिमोल्याक्रिया निकै दुर्लभ रोग हो । यो रोग लागेपछि आँसु र रगत आपसमा मिसिने गर्छ । जुन पछि आँखाको माध्यमबाट बाहिर आउने गर्छ ।

विश्वभर कति मानिसहरु यो रोगबाट पीडित छन् भन्ने कुराको कुनै आँकडा छैन । आँखामा संक्रमण, अनुहारमा चोट वा आँखाभित्र ट्युमर भएमा यो रोग लाग्नसक्ने सम्भावना हुने डक्टरहरु बताउँछन्।

-हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *