दिपक वली
माघ २२ घोराही
तुलसिपुर उपमहानगरपालिका १४ स्थित कोठरी दाङमा डि.जि मनि ट्रान्सफर एन्ड टे«डर्स नामक मनि ट्रान्सफर संचालनमा आएको छ । गत सोमबार एक कार्यक्रमका बिच उक्त मनि ट्रान्सफर उद्घाटन गरीएको हो ।
बैदेशिक रोजगारमा गएकाहरुलाई पैसा पठाउन र पाउनको लागि सहज बाताबरण मिलाउने, छिटो छरीतो र भर पर्दो सेवा र ग्रामिन क्षेत्रबाट ग्रामिन जनताको सहजताको लागि उक्त मनि ट्रान्सफर संचालनमा ल्याइएको संचालक जालन्धर डागिँले जानकारी दिनुभयो ।
यसैगरी गाँउगाँउमा बैंकिङ सेवा सुबिधा तथा कर्जा दिने र गाँउलाईनै पुरै बैंकिङ सेवामा आत्म निर्भर बनाउने योजनाका साथ आएको पनि सिटि एकप्रेस मनि ट्रान्सफरका रीजनल प्रतिनिधि बसन्त न्यौपानेले बताउनु भयो र उक्त मनि ट्रान्सफरबाट सिटि एक्सप्रेस मनि ट्रान्सफरको सेवा पाउने पनि उँहाले बताउनुभयो ।
यसको साथसाथै आइएमई लाइफ इन्स्योरेन्सको पनि सेवा प्रदान गर्ने संचालक डि.सिले बताउनुभयो । मनि ट्रान्सफरका संचालक जालन्धर डागिँको अध्यक्षता तथा आइएमई को– अपरेटिभ घोराहिका माधव के.सि को प्रमुख आतिथ्यतामा र आइएमई लाइफ इन्श्योरेन्स कम्पनि घोराहिका दिपेन्द्र रावतको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
मनि ट्रान्सफरको सफलताको लागि प्रमुख अतिथि माधव के.सि ,बिशिष्ट अतिथि दिपेन्द्र रावत र अतिथि सिटि एक्सप्रेसका बसन्त न्यौपाने लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । लक्ष्मि डि.सिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन पनि लक्ष्मि डि.सि ले नै गर्नुभएको थियो ।
Views: 0