प्रदेशस्तरीय महोत्सवको दाङमा भब्य तयारी, भौतिक निर्माणको काम ६० प्रतिशत पुरा

२०७४ माघ २२, सोमबार १७:११ गते २०७४ माघ २२, सोमबार १७:११ गते २०७४ माघ २२, सोमबार १७:११ गते

घोराही, माघ २२

दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को भौतीक निमार्णको काम ६० प्रतीसत पुरा भएको महोत्सव मुल आयोजक समीतीले जनाएको छ।
दाङ उद्योग वाणीज्य संघले घोराही उपमहानगरपालीका १५ स्थित जिल्ला समन्वय समीतीको पश्चिमतर्फको सालट्रेडीङको प्राङगणमा फाल्गुन ३ गते देखी १३ गतेसम्म आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ आउन ९ दिन मात्र वाकी रहदा भौतीक निमार्ण अन्तरगत मञ्च तथा स्टल निमाण कार्यलाइ तिव्र पारीएको आयोजक दाङ उद्योग वाणीज्यसंघका महासचीव एवं महोत्सव मुल आयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेकोछ। महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर तथा धार्मीक प्रवचन नेपालको सवैभन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु मगर नेवार मुस्लीम , यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रीय कलाकारहरुको प्रस्तुती, विषयगत विज्ञहरुवाट यर्पटन , कृर्षि पशुपालन प्रशोधन वजारीकरणका विषयमा जानकारी एवं प्रशीक्षण दिइने, खुल्ला वाल कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता लगाएतका साहीत्यीक कार्यक्रमहरुको समेत आयोजना गरिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ ,। यसैविच नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद बसुन्धरा गौत्मलाई दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को संचार संयोजक तोकिएको छ ।
  साहित्य तथा प्रचार÷प्रसार उपसमितिका संयोजक माया कुमारी पोख्रेलको अध्यक्षतामा आज बसेको बैठकले े विभिन्न निर्णयहरु समेत गरेको छ ।दाङ ब्यापारिक तथा पर्यटन महोत्सव एंव प्रदेश स्तरिय औद्योगिक कृषि मेला २०७४ लाई भब्य र सभ्यताका साथ सफल पार्नका लागी पर्चा,पम्पलेट तथा माईकिङका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरिएको छ ।
यसैगरी पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासन,निर्वतमान अध्यक्ष सुदिप गौत्म,लगायत दाङबाट केन्द्रमा प्रतिनिधित्व गर्नुभएका बर्तमान एंव पुर्व पदाधिकारी एंव सदस्यहरुलाई सल्लाहाकारमा राख्ने निर्णय गरिएको छ ।

यसैगरी आजको बैठकमा नेपाल पत्रकार महासंघ दाङका निर्वतमान अध्यक्ष सुदिप गौत्म,नेपाल पत्रकार महासंघ दाङका निर्वतमान उपाध्यक्ष लक्ष्मी आर्चाय,नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाह,उद्योग वाणिज्य संघका सांस्कृतिक संयोजक मिनराज भाट,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य शुलोचना गौत्म,रेडियो मध्यपश्चिमका पत्रकार बिमला घर्ति,रेडियो ईन्द्रेणीका सबिता चौधरी र लौह्अग्रासनका सरिता चौधरी लगायतले आफनो भनाई राख्नुभएको थियो । त्यसअवसरमा महोत्सव प्रचार प्रसार उपसमतिी संयोजक पोख्रेलले महोत्सवलाइ सफल वनाउन संचार माध्यम एवं संचारकर्मीको महत्वपुर्ण भुमीका रहने भएकाले आ आफनो क्षेत्रवाट महत्वपुर्ण भुमीका निवार्ह गरिदिन आग्रह गर्नुभएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *