नक्कली नोट सहित दुई जना पक्राउ

२०७९ असार २, बिहीबार १९:३१ गते २०७९ असार २, बिहीबार १९:३१ गते २०७९ असार २, बिहीबार १९:३१ गते

कैलाली, २ असार – धनगढी उपमहानगरपालिका८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोट लगायतका सामग्री सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका३ स्थित सडकमा ती किशोरले चलाएको लु.८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साईकलयात्री र मोटरसाइकल चालकलाई मायामेट्रो अस्पतालमा उपचार गराई दुवै जना डिस्चार्ज भएकोमा ोटरसाइकल चालक ती किशोरले उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेलाारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीलेपक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो

साथै ्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसिका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसेन, १ थान किबोर्ड, १ान कैँची, थान ब्लेड, एक हजार दरको १ थान बि्रेक नक्कली नोटएक सय दरका २ थान बिग्रेका नक्कली नोट समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *