प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट कार्यालय निरीक्षण

२०७९ असार ३, शुक्रबार १६:४२ गते २०७९ असार ३, शुक्रबार १६:४२ गते २०७९ असार ३, शुक्रबार १६:४२ गते

काठमाडौं, असार – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको शुक्रबार निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले कार्य विभाग र अपराध अनुसन्धान विभातथा मातहत निर्देशनाल, महाशाखा, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय प्रहरी विशेष कार्यदल, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर लगायतका कार्यालयहरूको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रत्यक कार्यालयको गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिनुयो साथै उहाँले प्रत्यक कार्यालयहरूको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनका लागि आवश्यक सुझाव समेत दिनुभएको थियो ।

निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक सिंहलाई सम्बन्धित विभाग, महाशाखा लगायतमा कार्यरत प्रहरी कर्मचारीहरुले आ-आफ्नो कार्यालयको काम एवं गतिविधिबारे जानकारी गराउनुभएकोियो ।

निरीक्षणका क्रममा ेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी लगायत वरिष्ठ प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *