संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ

२०७९ असार ३, शुक्रबार १६:४६ गते २०७९ असार ३, शुक्रबार १६:४६ गते २०७९ असार ३, शुक्रबार १६:४६ गते

काठमाडौं, ३ असार – टोखा नगरपालिका१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको जस्तो देखिने छाला सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका-२ झार्लुङ ठेगाना भएका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका-६ आरुबोटे ठेगाना भएका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका-६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।

गोंगबु एरियामा अवैध रुपमा संरक्षित वन्यजन्तुकोआखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न ल्याएकभन्ने चनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीलेजाँच तथा खानतलासी र्दा खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छाला सहित आवश्यक करवाहीकोलागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *