पहिरोले पुरिएर मृत्यु तथा बाटो अवरोध

२०७९ असार ३, शुक्रबार १६:४९ गते २०७९ असार ३, शुक्रबार १६:४९ गते २०७९ असार ३, शुक्रबार १६:४९ गते

काठमाडौं, ३ असार – ताप्लेजुङ, श्रीजंघा गाउँपालिका-७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने ्यग अधिकारीको घर र गोठ पुरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा उद्योग अधिकार श्रीमती ५७ वर्षीया तुलसा अधिकारीबुहारी ३४ वर्षीया यसोधा अधिकारी रहेका छन् । साथै पहिरोमापुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वाराकोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरीलेवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।

धादिङ, गंगाजमुना गाउँपालिका-७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएरति पहिरोले पुरिएर मृत्यु भएको छ ।उनको घर अविरल बर्षाको कारण भत्किदा उनी पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी बुढाथुमबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शव फेला पारेको हो ।

लमजुङ, वेसिशहर नगरपालिका-६ खरखरे भिरमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा वेसिशहर मनाङ सडकखण्ड अवरोध भएको छ । प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले बाटो खुलाउन आवश्यक पहल गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *