दिनदुखीका लागि सामाजिक संस्थाको महत्वपूर्ण भूमिका छ : मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी

२०७९ असार ५, आईतवार १५:०४ गते २०७९ असार ५, आईतवार १५:०४ गते २०७९ असार ५, आईतवार १५:०४ गते

काठमाडौँ, ५ असार । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

फोकस नेपालले शनिबार साँझ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दैै उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ,”– उहाँले भन्नुभयो । उहाँले समाजभित्र देखिने विकृति, विसङ्गती, भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घचघच्याउनुपर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताउनुभयो । सामाजिक सङ्घ संस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको उहाँको भनाई थियो ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घसंस्थाले नजिक बनाएको बताउनुभयो । सोही अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *