बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ असार ६, सोमबार २१:५७ गते २०७९ असार ६, सोमबार २१:५७ गते २०७९ असार ६, सोमबार २१:५७ गते

काठमाडौं, असार – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन खैरहनी नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस ७ गतेको फैसलाले बैंकिङ कसूरमा मुद्दामा ६ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्री अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले चितवन खैरहनीबाट पक्राउ गरेको हो । कुमारी वैंक लिमिटेडसौराहा शाखामा तामाङको नाममा रहेको प्रयाप्त मौज्दात रकम नभएको भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७५ भदौ १० गतेमा दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतचितवनमा पेश गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *