आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न

२०७९ असार ९, बिहीबार २२:२१ गते २०७९ असार ९, बिहीबार २२:२१ गते २०७९ असार ९, बिहीबार २२:२१ गते

काठमाडौं, असार – लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आसरा सुधार केन्द्र रानीबारीद्वारा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रमसम्पन्न भएको छ ।

प्रतियोगिता समापनका अवसरमा बिहीबार केन्द्रमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङले प्रतियोगिता अन्तर्गत चेस, क्रिकेट, टवलटेनिस, क्यारिम बोर्ड, फुटवल, बास्केटबल, बुसे, संग, नृत्य र लेख रचनातर्फ विजयी केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।

मानवय स्वास्थ्य संकटको बेला झन, लागूऔषध चुनौतीको गरौँ सम्बोधन भन्ने राष्ट्रिय नाराकासाथ आफूलाई सकारात्मक राखी सबैमा सकारात्मक सोचको विकास होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगत, नृत्य एवं कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *