अवैध लागूऔषध हेरोइन सहित पक्राउ

२०७९ असार ९, बिहीबार २२:३० गते २०७९ असार ९, बिहीबार २२:३० गते २०७९ असार ९, बिहीबार २२:३० गते

काठमाडौं, असार – काठमाडौं, लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका एरियामा सञ्चालन गरेको निग्रानीको क्रममा ४ किलो ९ सय ग्राम अवैध लागूऔषध हेरोइन सहित राहदानी नम्बर िएई ११५९४३ बाहक तान्जानियन नागरिक ३० वर्षीय अब्दुल्लाह अबलिक समेत४ जनालाई असार २ गतपक्राउ गरेको छ । निग्रागीको क्रममा बूलिकीको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्दासुटकेसभित्र फल्सबटम बनाई लुकाई राखेको उक्त हेरोइन हित काठमाडौं महानगरपालिका-बौद्धस्थित एक होटलबाटउनलाई प्रहरीले पक्राउ गरेको हो । उनी फ्लाई दुबईको उडानद्वारा साउथ अफ्रिक, दुबई हुदै काठमाडौं आएका थिए । साथै उक्त लागूऔषध लिन आएका भारत हरियाना साप्ला तसिलगान्दा ठेगाना भएका ४६ वर्षीय मुनिम सिं, सोही ठाउँठेगाना भएका ४३ वर्षीय बिक्रमजित सिंह पर्सा वीरगंज महानगरपालिका-१३ ठेगाना भएका ३० वर्षीय बिक्की रौनियालामेत प्रहरीले पक्राउ गरेको हो

यसैगरी काठमाडौं महानगरपालिका-२७ स्थित सडक किनाराबाट १९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा कमल गाउँपालिका-४ ठेगाना भएका अनुप बराईली भन्ने ३६ वर्षीय होम बहादुर विश्वकर्मा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ ठेगाना भएका २४ वर्षीय रोशन फुँयाल रहेका छन् । अनुसन्धानको क्रममा होम बहादुर बस्दै आएको काठमाडौं महानगरपालिका-७ स्थित होटल थ्री डिको १०१ नम्बरको कोठाबाट थप ५२ ग्राम खैरो हेरोइन, ४३ ग्राम ५ सय मिलीग्राम लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु, नगद १ लाख रुपैयाँ समत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *