नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर

२०७९ असार १०, शुक्रबार २३:२३ गते २०७९ असार १०, शुक्रबार २३:२३ गते २०७९ असार १०, शुक्रबार २३:२३ गते

चितवन, १० असार – नेपाल प्रहरी श्रीमती संघ चितवन मेडिकल कलेज भरतपुरबीचहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरीकर्मचारीहरु तथा अमर प्रहरी परिवाका सदस्यहरुलाई उक्तकलेजमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धसम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कलेजको कार्यालय भरतपुर महानगरपालिका-१० चितवनमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी श्रीमती संघ तर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र चितवन मेडिकल कलेजको तर्फबाट अस्पतालकानिर्देशक प्रो.डा. दयाराम लम्सालले समझौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझौतापत्र आदानप्रदान समेत गर्नुभयो ।

उक्त अवसरमा संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले पहिलो पटक चितवन मेडिकल कलेसँग सम्झौता गरिएको र आगामी दिनमा मेत देशभरका स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरी स्वास्थ्य सेव उपलब्ध गराउन पहल गरिने बताउनुभयो ।

उक्त सम्झौता अनुसार कलेजबाट उपलब्ध गराउने स्वास्थ्य उपचार सेवाहरुमा अस्पतालले २५ प्रतिशत अस्पताल ार्मेशीले ७ प्रतिशत छुट उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै संघले कुनै पनि क्षेत्रमा संचालन गर्ने स्वास्थ्य शिविरमा अस्पतालले प्राविधिक टोली व्यवस्ापनमा सहयोग गर्छ । सम्झौता आगामी साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागहुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *