काठमाडौं, १० असार –कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने २५ वर्षीय बिबेक मल्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङ सुन्दर हरैचा नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने १९ वर्षीय उज्वल काफ्ले२०७७ जेठ २९ गते मृत फेला परेको घटनाको अनुसन्धानको क्रममा मृतकलाई बिबेक मल्लले मेथाडोन नामको औषधिखुवाउँदा मृत्यु भएको खुल्न आएको तथा उपत्यकाको विभिन्न ठाउँमा डाँका चोरी मुद्दा फरार भएका मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका-६ चुहाडबाट पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सर्लाही, १० असार – कबिलासी नगरपालिका-८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको अभियोगमा उनकै भा अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रुपेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार शव फेला परेको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहको खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा सोमबार बेलुकी अमरेन्द्र ठाकुर र अमरकान्त ठाकुरबीच बाद-बिवाद भएको बिषयलाई लिएर अमर कान्त र उनक साथी रुपेशले अमरेन्द्रलाई मार्ने योजना बनाई खानपिनको व्यस्था छ भनि बोलाई धारिलो हतियार र ढुंङगाले शरीरको बिभिन्न भागमा प्रहार गरी हत्या पश्चात शव उक्त कुलोमा फालेको खुल्न आएको छ ।

उनीहरू उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ७ दिन म्याद थप अनुमत प्राप्त   गरी प्रहरीबाट अनुसन्धान भरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *