स्वर्ण पदक बिजेता रावललाई पालिकाले पचास हजार नगद सहित उच्च सम्मान गर्ने

२०७९ असार १४, मंगलवार २२:१३ गते २०७९ असार १४, मंगलवार २२:१३ गते २०७९ असार १४, मंगलवार २२:१३ गते

भारतको पश्चिम बङ्गालमा भएको दक्षिण एशियन फुलकन्ट्याक्ट कराते प्रतियोगितामा ४५ केजि तौल समूह अन्तरगत नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै हिमाली जिल्ला बझाङ्गको बित्थडचिर गाउँपालिकाकी चेली पाकिस्तानी खेलाडीलाई नकआउट गर्दै स्वर्ण पदक जित्न सफल भएकी छन् , बित्थडचिर गाउँपालिकाले उनको उच्च सम्मान सहित पचास हजार नगद र पालिकाले सम्मान गर्ने निर्णय गरेको बित्थडचिर गाउँपालिकाका प्रवक्ता हरिश्चन्द जोशीले बताउनुभयो ,बित्थडचिर गाउँपालिकाका प्रवक्ता हरिश्चन्द्र जोशीले खेलकुद क्षेत्र र खेलाडीलाई उच्च मनोबल बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । खेल र खेलाडीको मनोबल उच्च बनाउन नसक्दा खेलकुद क्षेत्रले उपलब्धी हासिल गर्न नसकेको जिकिर गरे ।

‘हामीमा सानो राष्ट्रको । गरीब राष्ट्रको भन्ने मानसिकता छ । त्यो मानसिकता त्याग्नुपर्छ । त्यसैले हरेक क्षेत्रबाट उच्च मनोबल बनाउनुपर्छ ।’ उनले भने–‘खेलाडीको उच्च मनोबल नहुदाँसम्म खेलकुदको विकास सम्भव छैन् ।’ उनले खेलकुदको विकासको लागि सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा अभिव्यक्ति दिए । खेलकुद केवल मेडल प्राप्तको लागि मात्रै नभई पहिचानको लागि समेत खेलिने भन्दै प्रवक्ता जोशीले खेलकुदबाटै नेपाल र नेपालीको पहिचान हुने विश्वास व्यक्त गरे । ‘व्यवासायिक खेलाडी उत्पादनको लागि हामीले लगानी गर्न सकेका छैनौं ।’ उनले भने–‘राज्यले लगानी गर्न नसक्दा प्रतिस्पर्धामा खरो उत्रिन सकिएको छैन् ।’प्रवक्ता जोशीले खेलकुद स्वास्थ्य नागरिकको लागि भएको उल्लेख गर्दै खेल र खेलकुदको विकासमा सबै संग सहकार्य गर्नुपर्ने बताए

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *