मलेसियाका नेत्र केसीद्वारा समाचारको खन्डन गर्दै बिज्ञप्तीसहित प्रेस काउन्सिलमा

२०८० चैत्र १, बिहीबार २२:४० गते २०८० चैत्र १, बिहीबार २२:४० गते २०८० चैत्र १, बिहीबार २२:४० गते

मलेसिया, विगत २० वर्षदेखि मलेसियामा ब्यावसाय संगै सामाजिक अभियानमा लागेका नेत्र केसीले आफ्नो व्यक्तिगत जीवनप्रति विभिन्न लाञ्छना लगाउँदै एक अनलाईन मिडियाले भ्रमपूर्ण समाचार छापेको भन्दै आपत्ति प्रकट गरेका छन ।
उनले उक्त समाचारप्रति खण्डन गर्दै प्रेस काउन्सिल नेपालमा पनि मुद्दा दर्ता गरिसकेको बताएका छन । केसिले विज्ञप्तिमा भनेका छन्, ‘नेपालमा विदेशी मुद्रा भित्र्याउन उल्लेखनिय भूमिका खेलिरहेको म जस्ता धेरै सच्चा नेपालीहरूको मनमा चोट पुगेको छ ।’

यस्ता झुट्टा र भ्रम छर्न उदृत मिडियाका कारण राज्यले बनाउँदै गरेको लगानीको वातावरण समेतमा असर पर्ने केसीले बताएका छन।
मलेसियाका सफल ब्यावसायी केसीले मलेसियामा नेपाली पिडित तथा सर्वसाधरणसँग अनुचित लाभहानीका लागि पैसा उठाएको भन्ने विषयमा समाचारहरू प्रकाशित गरिएको थियो ।

उनले आफुबाट यस्तो गलत हर्कत हुनै नसक्ने भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारेका छन । नेपालको स्याङ्जा घर भएका केसी मलेसियामा व्यवसायमा जमेका नेपाली मध्ये एक हुन । रेष्टुराँ, ट्राभललगायत विभिन्न क्षेत्रमा उनको लगानी रहेको छ ।

उनले भनेका छन्, बरु मैले आफ्नो व्यवासायमा कयौँलाई रोजगारी सिर्जना गरेको छु साथै विभिन्न क्षेत्रमा दुःखी पिडित अशक्तहरूका लागि आर्थिक/सामाजिक सहयोग पनि पुर्याएको छु । मानब धर्मका नाताले आफ्नो आम्दानीको केही हिस्सा मानव सेवामा सहयोग गरेको छु ।’
केसि एनआरएनए मलेसियाका पुर्व सचिव,एनआरएनए आईसिसिका निबर्तमान सदस्य र नेपालका लागि मलेसियाका पुर्व पर्यटन दुत पनि हुन ।

भ्रमपूर्ण सञ्चार गराउने मिडियालाई कारवाहीको दायरामा ल्याउन समेत उनले नेपाल सरकार,प्रेस काउन्सिल नेपाल लगाएतका निकायसँग आग्रह गर्दै प्रेस काउन्सिल नेपालमा कारवाहिको माग गर्दै निवेदन समेत दर्ता गरिसकेका छन ।

त्यस विषय गलत तथ्यहीन र भ्रमपूर्ण भएकोले आफ्नो शुभचिन्तकहरूलाई विश्वस्त हुन केसिले सबैलाई आग्रह गरेका छन ।
मुलुकमा काम गरेर खाने वातावरण अनुकूल बनाउँदै विदेशमा रहेका सच्चा नेपालीहरूलाई नेपाल आएर उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गर्न पनि उनले विज्ञप्ति मार्फत आग्रह गरेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *