बिबश बीसी ( बसन्त ) को निर्माण मा छलकपटि हुन्न

२०८१ कार्तिक २७, मंगलवार २१:४६ गते २०८१ कार्तिक २७, मंगलवार २१:४६ गते २०८१ कार्तिक २७, मंगलवार २१:४६ गते

बजारमा लोकप्रिय बन्दै ” छलकपटी हुन्न ” T. M Music Production बाट बिबश बीसी ( बसन्त ) को प्रस्तुतिमा बजारमा आएको एक फिल्मी कथामा आधारित म्यूजिक भिडियो ” छलकपटी हुन्न ” दर्शक माझ लोकप्रिय बन्दै गएको छ।

गायक तथा सर्जक मदन ढकालको शब्द तथा संगीत मा तयार भएको यस गीतमा बारिस्ठ गायक तथा संगीतकार आशीष अबिरल तथा लोकप्रिय गायिका मेलिना राई को आवाज रहेको छ। यस गीतमा चर्चित मोडल तथा निर्देशक सुनील छेत्री, जनप्रिय नायिका केकी अधिकारी, बरिस्ठ कलाकार सुरबीर पण्डित ( दारी बा ) तथा मोडल लेलिया बिश्वोकर्मा को बेजोड अभिनय देखीन्छ । आफैमा कलाकार तथा प्रस्तुतकर्ता बिबश बिसी ( बसन्त ) यस गीतमा केकी अधिकारी संग बेहुला को भूमिकामा देखिएका छन । मीठो संगीत अनी शब्द मा सजिएको यो गीतको संगीत संयोजन गायक आशीष अबिरल ले नै गरेका छन ।
झन्डै ११ लाख खर्चमा बेनेको यो गीतको छायांकन २ दिन २ रात लगाएर गरिएको छ । छायांकन भने अहिलेका ब्यस्त छायांकर नबराज उप्रेती ले गरेका छन ।

दर्शकको कान नदुख्ने अडीयो अनी आखा नबीजाऊने भिडीयो ले गर्दा यो गीत अहिले युटुबमा राम्रो भिउ गएको देखीन्छ भने टिकटकमा ब्यापक प्रयोग भएको देखिएको छ । भोलीका दिनमा फिल्म बनाउने अबाधारणा ले अहिले छलकपटी हुन्न गीतमा लगानी गरेका बिबश बिसी ( बसन्त ) गीतको चौतर्फी सफलतामा अत्यन्त खुसी भएको देखीन्छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *