देशको असामान्य परिस्थितिले सबैलाई गहिरो पीडामा डुबाएको एनआरएनए अभियन्ता आरके शर्माको भनाई

२०८२ भाद्र २६, बिहीबार १५:२४ गते २०८२ भाद्र २६, बिहीबार १५:२४ गते २०८२ भाद्र २६, बिहीबार १५:२४ गते

गैरआवासीय नेपाली संघका अभियन्ता आरके शर्माले भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले उठाएको आवाजसँगै देशभर देखिएको असामान्य परिस्थितिले सबैलाई गहिरो पीडा र चिन्तामा डुबाएको जनाएका छन् । आफ्नो अधिकार र भविष्यका लागि सडकमा निस्किएका युवाहरूले बलिदान दिनुपरेको, सार्वजनिक सम्पत्तिहरू तोडफोड र आगजनीको सिकार बन्नुपरेको तथा सर्वसाधारण नागरिक त्रासको वातावरणमा बाँच्न बाध्य भएको अवस्थाले सम्पूर्ण नेपाली समुदायलाई हृदयविदारक बनाएको उल्लेख गरेका छन् ।

विज्ञप्ति जारी गर्दै उनले भेनका छन्, यस आन्दोलनका क्रममा ३० जना युवाले अमूल्य ज्यान गुमाउनु पर्‍यो, हजारौँ घाइते भए। यी बलिदान र घाइतेको पीडा केवल नेपालभित्रका नागरिककै होइनन्, विश्वभरका नेपाली हृदयको साझा घाउ बनेका छन्। दिवंगत आत्माहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु।

यस्तो घडीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आफ्नो सामाजिक जिम्मेवारीबाट पछि हट्न नसक्ने भन्दै उनले एनआरएनएले तत्कालै मानवीय सहयोगका लागि काठमाडौँलगायत प्रभावित क्षेत्रमा सक्रिय भूमिका खेल्न जरुरी रहेको बताएका छन् । अस्पतालमा उपचाररत घाइतेहरूको औषधोपचारमा सहयोग, एयरपोर्टमा अलपत्र परेका अथवा आवास, यातायात अभावमा परेका नागरिकलाई आवश्यक सहायता पुर्‍याउन आजैदेखि ठोस कदम चाल्नुपर्ने उनको भनाई छ । यसका लागि आधिकारिक अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा बालुवाटारस्थित मुख्यालयमै आपतकालीन सचिवालय गठन गरी समन्वयात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन् ।

विश्वभर छरिएर बसेका एनआरएन दाजुभाइ–दिदीबहिनीहरूलाई आह्वान गर्दै उनले भनेका छन्, ‘तपाईंहरूले खाडीको कठोर गर्मीमा पसिना बगाएर, विश्वका कुनाकाप्चामा श्रम गरेर पठाएको रकमले बनेको यो संस्थागत भवन हाम्रो सामूहिक सम्पत्ति हो। त्यसैले मातृभूमि पीडामा परेका बेला हामी सबैको हात एकै ठाउँमा जोडिएर सचिवालयबाट आधिकारिक कमिटीले काम गरेर एनआरएनएलाई संकटको सारथीको रुपमा उभ्याइनुपर्छ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *