दीपिका-रणवीर नजाने हनिमुन, यस्तो छ प्लान

२०७५ कार्तिक ३०, शुक्रबार ०६:३७ गते २०७५ कार्तिक ३०, शुक्रबार ०६:३७ गते २०७५ कार्तिक ३०, शुक्रबार ०६:३७ गते

रणवीर सिंह र दीपिका पादुकोणले वैवाहिक जीवन सुरु गरेका छन् ।

विवाहपछि उनीहरुलाई अहिले चौतर्फी बधाई आइरहेको छ । उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विवाहलगत्तै उनीहरु भारत फकर्ने तयारीमा छन् ।

प्राप्त खबरका अनुसार उनीहरु विवाहलगत्तै हनिमुन ट्रिपमा नजाने पक्का भएको छ ।

पिंकविलाको रिर्पाट अनुसार १७ नोभेम्बरसम्मका लागि लेक कोमोमा होटल बुक छ । दुवैजना १८ नोभेम्बरमा भारत फर्कनेछन् ।
मुम्बई झरेलगत्तै उनीहरु बेंग्लोर जानेछन् । बेंग्लोरमा उनीहरुले २१ नोभेम्बरमा रिसेप्शन पार्टीको आयोजना गर्नेछन् । बेंग्लोर दीपिकाको होमटाउन हो ।

यसका साथै अर्काे एक पार्टी मुम्बईमा आयोजना हुनेछ । यो पार्टी २८ नोभेम्बरमा हुनेछ । जहाँ बलिउडका सबै कलाकारहरु सहभागी हुने बताइएको छ।

श्रोत – देशसंचार 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed