जहाजमै मापसे:पाइलटले रक्सी खाएर जहाज चलाउने क्रम बढ्यो, पक्राउ परे एक पाइलट

२०७५ मंसिर १, शनिबार ०२:५३ गते २०७५ मंसिर १, शनिबार ०२:५३ गते २०७५ मंसिर १, शनिबार ०२:५३ गते

पाइलटले रक्सीसहितका नसालु पदार्थ खाएर विमान चलाउने क्रम बढेपछि जापानमा नयाँ प्रणाली लागु हुने भएको छ । जापानका एयरलाइन्सहरुले विमानस्थलमा नयाँ ब्रेथलाइजर सिस्टम लागु गर्ने भएका हुन् ।

रक्सी खाएको अवस्थामा एक पाइलट हिटथ्रो विमानस्थलबाट पक्राउ परेपछि एयरलाइन्सले नयाँ ब्रेथलाइजर सिस्टम लागु गर्ने भएका हुन् । कात्सुतोशी जिट्सुकावा नाम गरेका पाइलट गएको महिना रक्सी खाएको अवस्थामा पक्राउ परेका हुन् ।उनको शरीरमा रक्सीको मात्रा कानुनी रुपमा मान्य भन्दा नौ गुणा बढी रहेको पाइएको थियो । उनले पक्राउ पर्नुअघि एयरलाइन्सको ब्रेथलाइजर टेस्टमा चिट अर्थात छल गरेका थिए ।

यस्तै जापानी एयरलाइन्सका उडानहरु लाइलटले नसालु पदार्थ खाएका कारण ढिलो हुने गरेका कारण पनि नयाँ ब्रेथलाइजर सिस्टम ल्याइएको हो । जापानले कानुनमा पाइलटको खान मिल्ने रक्सीको सीमा तोकेको छैन । यसका लागि एयरलाइन्सले नै व्यवस्था गर्ने छुट छ ।गएको महिना पक्राउ परेका पाइलट जिट्सुकावाको प्रति १०० मिलिलिटर रगतमा १८९ जिएम रक्सीको मात्रा पाइएको थियो ।

देशसंचारबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed