सिंचाईको निहुँमा छिमेकीको कुटाई:महिला गम्भीर घाईते

२०७५ मंसिर १, शनिबार १५:५७ गते २०७५ मंसिर १, शनिबार १५:५७ गते २०७५ मंसिर १, शनिबार १५:५७ गते

कपिलवस्तु । महाराजगंज नगरपालिका– ८ सिग्राहामा छिमेकीको कुटाईबाट ३५ बर्षे मुन्नुदेबी कहार गंभीर घाईते भएकी छिन ।

बाणगंगा नदीबाट पम्पसेटले तोरी खेतमा सिंचाई गर्नेक्रममा बिवाद भएपछि स्थानीय झकुरी भन्ने राजेश कहार र उनका बुवा चिन्कु कहारले मुन्नुदेबीलाई निर्धात कुटेका थिए ।

दुबैले लठ्ठीले हिर्काउदा  मुन्नुको पेटको किनार र तिर्घाका गहिरो चोट लागेको प्रहरीले जनाएको छ । पम्पसेटले सिंचाई गर्दा राजेशले मोटरसाईलले पाईप फुटाएपछि भनाभनपछि बिवाद भएको मुन्नुका श्रीमान बेचनले बताए ।

पाईप फुटाए पछि भएको बिवाद गाउलेहरु मिलेर समाधान गरिएको थियो । तर आधा घन्टा पछि राजेश र उनका बुवा चिन्नु आएर आफनो श्रीमतिलाई लठ्ठीले निर्घात कुटेको उनले गुनासो गरे । घाईते मुन्नु देबीको तौलिहवा अस्पतालमा उपचार भईरहेको छ ।

 प्रहरीले गरेको घटनाको अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । सामान्य विवादमा कुटपिट गर्दा उनी घाइते भएपछि स्थानीय महिलाहरु आक्रोसित भएका छन् ।

महिलामाथि यस्तो कार्य गर्नेलाई कडा कारवाही गर्न महिलाहरुले स्थानीय प्रशासनमा आग्रह गरेका छन् ।

श्रोत-हाम्राकुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed