बुटवल – दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र विजयी शुरूवात गरेका छन् ।तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको उद्घाटन खेलमा शंकरनगरले रोयल च्यालेन्जर भैरहवामाथि ८ विकेटको जित निकालेको हो ।
शनिवार नै भएको दोस्रो खेलमा मणिग्राम किङ्गले नुसी वरियर्स मणिग्राममाथि ६ विकेटको जित निकालेको छ । पहिलो खेलमा रोयल शंकरनगरले टस जितेर फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गर्न मैदान छिरेको रोयल च्यालेन्जर भैरहवाले पुरै ओभरमा सबै विकेट गुमाएर १ सय २३ रनको लक्ष्य खडा गरेको थियो ।
रोयलका सन्दिप केसी र धिरज शाहीले २९–२९ रनको योगदान दिएका थिए । रोयल शंकरनगरका रोहित पौडेलले खेलमा ४ तथा नितेश थापा र सुशान्त भारीले समान २–२ विकेट लिएका थिए ।
शंकरनगरले १२.१ ओभरमा केवल २ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । शंकरनगरको जितमा सुनिलकुमार सार्कीले ४३ रन बनाए । सन्दिप सुनारले ३१ तथा विशाल खत्रीले नटआउट ३६ रन जोडेका थिए । खेलमा शंकरनगरका रोहित पौडेल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
दोस्रो खेलमा नुसी वरिर्यसले टस जितेर ब्याटिङ्गको निणर्य गर्दै २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ६२ रनको लक्ष्य खडा गरेको थियो । नुसीका महेश रानाले नटआउट ५५, अजय कौशिकले ५३ रन बनाएका थिए ।
दिपेन्द्र ऐरीले २ छक्का र ३ चौकाको मद्यतले ३२ रन जोडेका थिए । मध्यम लक्ष्य पछ्याएको मणिग्राम किङ्गले १९.१ ओभरमा ४ विकेटको नोक्सानीमा जित निकाल्यो ।
मणिग्रामका अमर सिह रौत्यालाले विष्फोटक ब्याटिङ्ग गर्दै खेलमा जित निकालेका थिए । उनले खेलमा ६ छक्का र १ चौकाको मद्यतले ४३ रन बनाए । सन्दिप रजालीले ३७ र इमरान खानले ३५ रनको योगदान दिएका थिए । नुसीका कुशल भुत्रेलले २ विकेट लिएका थिए ।
खेलमा मणिग्राम किङ्गका अमर सिह रौत्याला म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । आईतबार पहिलो खेलमा ज्ञानोदय गोल्डस र लुम्बिनी कसाई तथा दोस्रो खेलमा एसआर एनसीएसए टाईर्गसले बुटवल डाईनामाईट्ससंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलको शनिवार एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका थिए ।
लोकान्तर बाट..
Views: 0