कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

२०७५ मंसिर ३, सोमबार ०४:४९ गते २०७५ मंसिर ३, सोमबार ०४:४९ गते २०७५ मंसिर ३, सोमबार ०४:४९ गते

कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटाकोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणालीमार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो।

कोरिया इपीएसमार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको खबर कारोबार दैनिकमा खबर छ।

कोरिया सरकारले आगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ। सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि २०१८ मा रोजगार आवेदन दिएर पास भएका ८ हजारमध्ये लगभग ४ हजार युवाको नाम रोष्टर (रोजगार योग्य सूची) मा राख्न कोरिया पठाएको हो। रोष्टरमा नाम पठाएकामध्ये केही युवाको श्रम सम्झौता समेत आउन थालेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *