भियतनाममा पहिरो, १३ जनाको मृत्यु

२०७५ मंसिर ३, सोमबार ०८:१९ गते २०७५ मंसिर ३, सोमबार ०८:१९ गते २०७५ मंसिर ३, सोमबार ०८:१९ गते

भियतनाममा पहिरो, १३ जनाको मृत्युहनोई, भियतनाम, ३ मङ्सिर । दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् ।

हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब छ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन्।

भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधी सहित पहिरोमा परी कैयौं भवन ध्वस्त भएको र गाउँ नै डुबानमा परेको बताइएको छ ।

भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ । रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *