काठमाडौं । विश्वमा लुटपाटको घटना दिनहुँ हुने गर्छन् । तर केही घटनाहरू भने सबैलाई चकित पार्ने र समाचारको शिर्षमा छाउने गरेका छन् । हामी यस्तै केही ठुला चोरीको बिषयमा यहाँ चर्चा गर्दैछौ । यी चोरीले करोडौ-अर्बौ रुपैयाँहरु हराए जुन रकमले केहि देशका कुल गृहस्थ उत्पादन (जीडीपी) चल्न सक्थ्यो ।
केन्द्रीय बैंक इराक, बगदाद – २००३
२००३ मा इराकको राजधानी बगदादको एक बैंकमा सबैभन्दा ठुलो चोरी भएको थियो । भनिन्छ कि सो बैंकमा चोरी हुनु पुर्व सद्दाम हुसेन आफैले बैंकलाई पत्र लेखेको थिए । जसमा बैंकको सेफमा रहेको सबै रकम सद्दामको छोरा कुजेलाई दिन भनिएको थियो । संसारकै यो सबैभन्दा ठुलो चोरीमा बैंकबाट ९२० मिलियन पाउण्ड (करिब १ खर्व ३५ अर्व १२ करोड ७८ लाख ३० हजार नेपाली रूपैयाँ) लुटिएको थियो । सो घटना अमेरिकी आर्मीले इराक माथि हमला गर्नु भन्दा पहिलेको हो ।
बाङ्को केन्द्रीय बैंक, फोर्टालेजा, ब्राजील – २००५
यो चोरी सफल बनाउन लुटेराहरुले ब्राजीलको फोर्टलेजा शहरको बीचमा एक जग्गा किनेका थिए । त्यसपछि चोरीको लागि लुटेराको समुह बनाए । उनिहरुले तीन महिनासम्म २५६ फिट लामो सुरुङ खनेर बैंकको तल सम्म पुगे । बाङ्को केन्द्रीय बैंकको मुख्य वेल्टसम्म पुगेर लुटेराहरुले ब्राजीलियन पैसाको करिब ३.५ टन नोट उठाए । उक्त रकमको मुल्य करिब ७ अर्व २७ करोड ७५ लाख रुपैया थियो ।
द नाइट्सब्रिज वल्ट, लण्डन – १९८७
१९८०- ९० को क्रममा चर्चीत ‘द नाइट्सब्रिज वल्ट’ नामको यो चोरी गर्ने वलेरियो विक्सेईको आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । इटालियन प्लेब्वाइको नामबाट प्रख्यात विक्सेईले उक्त चोरी बाहेक ५० अन्य बैंकमा पनि डकैती गरेका थिए । बैकंमा चोरी गर्न विक्सेई र साथीहरु हतियार सहित बैंकमा पुगे र करिब ७३.२ मिलियन पाउण्ड ( करिब १० अर्व ७५ करोड ५५ लाख नेपाली रुपैयाँ ) लिएर फरार भए ।
डर अस सलाम बैंक, बगदाद – २००७
इराकमा चोरीको पुन: एक ठुलो घटना २००७ मा भएको थियो । डर अस सलाम बैंकलाई बैंककै दुई गार्डले लुटेकाका थिए । इराकका आन्तरिक सुरक्षा मन्त्रीले आफै यस घटनाका आरोपिको नाम बताएका थिए । बैक लुटपाट गर्ने ती दुई गार्ड आतंककारी संगठनसँग अवद्ध रहेको बताइन्छ ।
ब्रिटिश बैंक अफ मिडल ईस्ट, बेरूत, लेबनान – १९७६
लेबननमा गृहयुद्धको बीच फिलिस्तीनी लिबरेशन अर्गनाइजेशनसँग सम्बन्धित लुटेराहरुले बैंकको चर्चसँग जोडिएको पर्खाल बमले उडाएर बैकको लकरसम्म पुगेका थिए । सो घटनामा उनिहरुले करिब ३७.८ मिलियन पाउण्ड (करीब ५ अर्व ५५ करोड ४१ लाख नेपाली रूपैयाँ) लुटेका थिए ।
हाम्राकुराबाट साभार
Views: 0