एजेन्सी । हरेक आमाको चाहना हुन्छ, आफ्नो सन्तान स्वस्थ र भाग्यमानी बनोस्। उसको जीवनमा कुनै पनि दुख पीडा नआउन। ज्योतिषाचार्य प्रफुल्ल भट्टले गर्भवती महिलाले आफ्नो सन्तानका स्वास्थ र भाग्यमानी बनाउन १ खास मन्त्रका बारेमा उल्लेख गरेका छन्।
उनका अनुसार प्रत्येक विहान गर्भवती महिलाले उक्त मन्त्र जप्दा पेटको सन्तानमा सकारात्मक असर पर्ने र शिशु स्वस्थ र सुन्दर रहने उल्लेख गरेका छन्।भर्गवती महिलाले जुन बेला पनि उक्त मन्त्र जप सुरु गर्न सक्ने उल्लेख गरेका छन्।
यस्तो छ मन्त्र
रक्ष रक्ष गणध्यक्ष ः रक्ष त्रैलोक्य नायकः।
भक्त नाभयं कर्ता त्राताभव भवार्णवात् ।।
यी मन्त्र जप गर्ने नियम
- १ यो मन्त्र जप गर्दा भगवान गणेशको प्रतिमा वा तस्वीर अगाडि राखेर गर्नु पर्दछ।
- २ मन्त्र जप गरेपछि भगवान श्रीगणेशलाई मन पर्ने मोतीचूरको लड्डु समेत चढाउनु पर्दछ।
- ३ त्यसपछि महिला स्वयमले अलिकति प्रसाद लिने र अरु प्रसाद बाँकी परिवारलाई बाँडदिनु पर्दछ।
- ४ यस मन्त्रको प्रतिदिन कमसेकम एक माला अर्थात १०८ पटक जप गर्नु पर्दछ। यदी सम्भव भएसम्म महिलाको गर्भवती हुने समय नजिकिदै गर्दा मालाको संख्या बढाउन पनि सकिनेछ।
- ५ गर्भवती महिलाले सूर्य वा चन्द्र देखिएपछि उक्त मन्त्रको जव गर्न हुँदैन र यो जप एकान्त स्थानमा वा कोठाको राम्रो आसनमा बसेर गर्नु राम्रो मानिन्छ।
मेचीकाली खबरबाट साभार
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0