अमेरिकाको क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलोका कारण झण्डै ८० जनाको ज्यान गयो । लाखौँ बिस्थापित भए । क्यालिफोर्नियाको इतिहासमा सबैभन्दा भयानक बनेको डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकलाई निकै कठिन भयो ।
क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा क्याम्प फायरबाट फैलिएको डढेलोका कारण प्यारडाइज शहर ध्वस्त भयो । त्यहाँ अग्निनियन्त्रकले धेरैको उद्धार पनि गरे । उद्धारको क्रममा एक अग्निनियन्त्रकले बिरालोलाई पनि बचाए ।
क्यालिफोर्नियाका अग्निनियन्त्रक रायन कोलम्यानले आगोबाट बच्न संघर्षरत बिरालोको ज्यान जोगाए । त्यो बिरालो उनको काँधमा आएर बस्यो । त्यसपछि त्यो बिरालोले कोलम्यानलाई छोडेको छैन । रायन जतागयो बिरालो पनि उतै जान्छ, उनलाई एक्लै छोड्दैन ।
श्रोत- देशसंसार
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0