बिर्तामाेडमा यसरी गुञ्जियाे नेपथ्य: ब्याण्ड स्थापनाको २५ वर्ष

२०७५ मंसिर ५, बुधबार १५:२१ गते २०७५ मंसिर ५, बुधबार १५:२१ गते २०७५ मंसिर ५, बुधबार १५:२१ गते
????????????????????????????????????

झापा – चर्चित नेपाली लोक पप ब्याण्ड नेपथ्यले देशको पूर्वीदेखि पश्चिमी किनारासम्मको यात्रा गर्ने क्रममा पूर्वको केन्द्र बिर्तामोडमा आफूलाई प्रस्तुत गरेको छ ।

तराईका चार सहरमा हुने श्रृंखलाबद्ध आयोजनामध्ये पहिलो कार्यक्रम मंगलबार सम्पन्न भएको हो । ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’को नाराका साथ बिर्तामोडमा कन्सर्ट आयोजना भएको थियो ।

पूर्वनिर्धारित समय अनुसारै ठीक पौने ६ बजे डोमालाल राजवंशी रंगशालामा नेपथ्यको चर्चित ‘सा कर्णाली’ बज्न थालेपछि विशाल मैदानमा उपस्थित दर्शकहरुले चर्को कोलाहलका साथ स्वागत गरेका थिए ।

त्यसपछि अर्को गीत ‘ऐना झ्याल’ प्रस्तुत गरिएको थियो ।

त्यसपछि मञ्चमा प्रकट भएको नेपथ्य टोलीले ब्याण्डकै सबैभन्दा पहिलो रेकर्ड भएको गीत सुनाएको थियो ।

‘आँगनैभरि हिउँ नै झरे
आरु फूल है टिपी राखे है’

ब्याण्ड स्थापनाको २५ वर्ष पुगेको अवसरमा यसरी मुलुकभरि घुम्ने कार्यक्रमलाई निरन्तरता दिन खोजिएको हो । यसरी चयन गरिएको पहिलो रेकर्ड भएको गीतमा ब्याण्डका प्रारम्भिक दिनदेखि अहिलेसम्मका सदस्यहरुको सम्झनारुपी तस्बिरहरु प्रस्तुत गरिएको थियो ।

स्थानीय तन्नेरीहरुले उत्साहका साथ यो गीतलाई स्वागत गरेका थिए ।

कार्यक्रम त्यसपछि पनि नेपथ्यका नयाँ पुराना गीतहरुबाट निरन्तर अघि बढिरह्यो। सँधै झैँ ‘रेशम’, ‘जोमसोमे बजार’, ‘छेक्यो छेक्यो’, ‘चरिमर्‍यो शिशैको गोलीले’, ‘भेँडाको ऊनजस्तो’ हुँदै ‘तालको पानी’ जस्ता गीतहरुलाई दर्शकले असाध्यै मन पराएका थिए।

देशभक्ति जगाउने ‘गाउँ गाउँबाट उठ’ हुँदै कार्यक्रमको अन्त्यमा भने ‘रातो र चन्द्र सूर्य’ प्रस्तुत गरिएको थियो ।

यहाँ नेपथ्यले दोश्रोपटक कार्यक्रम गरेको हो । सन् २००५मा ‘सुन्दर शान्त नेपाल’ संगीत यात्राका क्रममा नेपथ्यले पहिलोपटक यस सहरमा आफूलाई प्रस्तुत गरेको थियो ।

गायक अमृत गुरुङले कार्यक्रममै बिर्तामोडको पहिलो कन्सर्टलाई सम्झिए ।

‘त्यो ताका नेपाल त्रासमा बाँचेको थियो जतिबेला साँझ यसरी कार्यक्रम त परको कुरा हिँडडुल गर्न पनि अप्ठेरो थियो,’ उनले भने, ‘अहिले यहाँ हजारौं मानिस यो झिलिमिली बत्तीका साथ यस डोमालाल राजवंशी रंगशालामा रमाइलो गरिरहेको देख्दा अब उज्यालो भविष्यको संकेत मलाइ बिर्तामोडले दिएको छ ।’

कार्यक्रम हेर्न पूर्वाञ्चलका फरक फरक भेगका दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो ।

स्थानीय सहकारी ‘सहारा नेपाल’ले बिर्तामोडमा नेपथ्यलाई प्रस्तुत गरेको हो ।

कन्सर्टबाट उठेको पैसाले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि उपकरणहरु सहयोग गर्ने जानकारी आयोजकले दिएका छन् ।

बिर्तामोडमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ । उज्यालो अनलाइनबाट साभार…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed