रजनीकान्त र अक्षयको फिल्‍म २.०ले तोड्‍यो सबै रेकर्ड, १२० करोडको एडभान्स बुकिङ

२०७५ मंसिर ६, बिहीबार १५:४० गते २०७५ मंसिर ६, बिहीबार १५:४० गते २०७५ मंसिर ६, बिहीबार १५:४० गते

बलिउड नायक अक्षय कुमार तथा रजनीकान्तको फिल्‍म २.० रिलिज अगाबै नयाँ रेकर्ड बनाएका छन्।

फिल्‍म २.०को लागि करीब २० करोड रुपैयाँको एडभान्स बुकिङ गराएर नयाँ रेकर्ड कायम गरेको हो।
भारतीय सञ्‍चार माध्‍यमका अनुसार अमिताभ-आमीरको फिल्‍म ठग्‍स अफ हिन्दुस्तानको पहिलो दिन ५२ करोडको रेकर्ड बनाएको थियो।

तर फिल्म २.० ले पहिलो बुकिङ नै १२० करोड गराएको हो। फिल्‍म २९ नोभेम्बरमा रिलिज हुँदैछ।

देशकै सबैभन्दा ठूलो फिल्‍म
२.०को बजेट करीब ५४३ करोडको रहेको छ। अहिलेसम्‍म रजनीकान्त र अक्षय कुमार दुवै जनाले यति ठूलो बजेटको फिल्‍ममा काम गरेका थिएनन्।
यसले विश्‍वका १० ठूला बजेट फिल्‍ममा आफ्‍नो नाम कायम गर्न सफल भएको छ। २.० लाई ९ नमबर मिलेको छ। २.०को भीएफएक्स मार्फत गरिएको काम विश्‍वको २४ स्पेशल भीएफएक्स स्टूडियोमा तयार गरिएको हो।

फिल्‍ममा अक्षय कुमार, रजनीकान्त, एमी ज्‍याक्सन मूख्‍य भूमिकामा देखिएका छन्। फिल्मको निर्देशन एस शंकरले गरेका छन् भने म्‍यूजिकका लागि पहिलो पटक फोर डी साउण्ड टेक्निक प्रयोग गरिएको छ। यो फिल्मको ब्याग्राण्ड स्कोर तयार गर्न मात्रै एआर रहमानलाई १५० दिन लागेको थियो।-देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed