विद्यार्थीहरूलाई ट्राफिक नियमका बारेमा सचेत गराइदै

२०७४ माघ २६, शुक्रबार १३:५९ गते २०७४ माघ २६, शुक्रबार १३:५९ गते २०७४ माघ २६, शुक्रबार १३:५९ गते

ओमप्रकाश गुप्ता
देउखुरी २६ माघ । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख नन्दकुमार पोख्रेलले ट्राफिक नियम पालाना नगर्दा दिनप्रतिदिन सवारी दुर्घटना बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न बिद्यार्थीहरुले सचेतना अभियान थाल्न जरुरी रहेको बताएका छन् । पहुँच परियोजनाको आर्थिक सहयोगमा मानव कल्याण तथा बातावरण संरक्षण केन्द्र दाङ र ग्लोबल युथ क्लवको आयोजनामा शुक्रवार माध्यामिक विद्यालय मौरीघाटमा आयोजित ट्राफिक नियम तथा लागु औषध दुव्र्यशन तथा लंैगिकहिंसा न्युनीकरण विषयक सचेतना मुलक अभिमुखीकरण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । साथै उनले सबैको साथ र सहयोग भएको खण्डमा प्रहरीले शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई चुस्त बनाउन सक्ने बताए । चालकहरुको कारण सवारी दुर्घटना बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताए । दुर्घटनाको कारण लाखौं जनधनको क्षति हुने भएकाले ट्राफिक नियमको पालाना गरेको खण्डमा केही हदसम्म न्यूनिकरण गर्ने उनको भनाई छ । बिद्यार्थीहरुले पनि ट्राफिक नियमका बारेमा सर्वसाधारणलाई जानकारी गराउनु पर्ने उनले बताए । ट्राफिक नियम साथै उनले ट्राफिक नियमका बारेमा सबैले जान्न आवश्यक रहेको र बिद्यार्थीको माध्यमबाट ट्राफिक सचेतना जागृत गराउँदा प्रभावकारी हुने तर्क राखेका थिए । त्यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी साहायक निरिक्षक श्यामकुमार रोका क्षेत्रीले समाजमा हुने सवै खाले अपराधिक घटना न्युनीकरण गर्न प्रहरी स्थानीय र विद्यार्थी बिच सहकार्य हुनु पर्ने बताएका छन् ।
साथै उनले पछिल्लो समय यता युवाहरु नै लागु औषध दुव्र्यसनमा बढी संलग्नता बढेकाले घर परिवारबाट नै रोकथामको उपाय अपनाउनु पर्ने बताए । यसै बिच प्रहरी साहायक निरिक्षक रोका क्षेत्रीले परिवारले आफना छेरा छोरीहरु लाई कुलतमा फस्न नदिन छोरा छोरीको निगरानी गर्नु पर्ने बताए । कार्यक्रममा उनले समुन्नत समाज निमार्ण गर्न समुदाय र प्रहरीको अझ महत्वपुर्ण भुमिका रहने भएकाले नागरिक र प्रहरी बिच मित्रताको भावना हुनु पर्ने बताए । ग्लोबल युथ क्लवका अध्यक्ष रमेश कडेलको अध्यक्षता एवम् मावि मौरीघाटका साहायक प्रध्यानाध्यापक बसन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केयर भिजन सुधार केन्द्र लमहीका संस्थापक शिरिस बुढाथोकी मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र पहुच परियोजनाका सामाजिक परिचालक बसन्त चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रमको सञ्चालन ग्लोबल युथ क्लवका सदस्य अशोक बेल्वासेले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *