नेपालीको माया देखेर विश्व चकित: श्रृंखलाको अग्रता कायमै, अझ धेरै भोटका लागि सक्दो सेयर गरौं !

२०७५ मंसिर १२, बुधबार २०:३० गते २०७५ मंसिर १२, बुधबार २०:३० गते २०७५ मंसिर १२, बुधबार २०:३० गते

नेपालीको माया देखेर विश्व चकित: श्रृंखलाको अग्रता कायमै, अझ धेरै भोटका लागि सक्दो सेयर गरौं !

अहिले नेपाल लगायत संसार भरिका देशहरुमा मिस वल्र्ड २०१८ प्रभाव राम्रै परेको देखिएको छ । संसारले भाग लिएको यस प्रतियोगितामा नेपाल पछि पर्ने कुरा भएन नेपालले पनि भाग लिएको छ ।

नेपालका तर्फबाट मिस वल्र्डमा पुर्व मिस नेपाल बिजेता श्रृंखला खतिवडाले भाग लिएकी छिन । उनको कला कौंशल क्षमताको अहिले संसार भर चर्चा भइरहेको छ । उमेरले अहिले मात्रैं २३ वर्ष पुगेकी खतिवडाको कुनैं पनि प्रश्नको उत्तर सहज तरिकाले दिने खुबी विशेष मानिएको छ ।

सानैं देखि पढाईमा अब्बल मानिएकी उनी नेपालको सबैंभन्दा चर्चित पुल्चोक इन्जिनेरिङ् क्याम्पसमा छात्रवृतिमा पढ्न सफल भएकी थिइन ।उनी नेकपा नेता तथा सासंद विरोध खतिवडाकी छोरी हुन तर आफु नेताको छोरी हुँदा नहुँदा कुनैं फरक नपर्ने उनले बताउँदैं आएकी छिन । उनी आफ्नैं क्षमताले यहाँसम्म आएको भन्दैं नेताको छोरी भएकाले सफलता प्राप्त गर्न श्रंखलालाई सहज भयो भन्ने कुराहरु सुन्दा आफुलाई नरमाइलो लाग्ने बताएकी छिन ।

उनी चलचित्र क्षेत्रमा भन्दा पनि दुर दराजका जनताको सेवामा लागेर समाजसेवा गर्न चाहेको बताउछीन । उनले मिस नेपाल विजेता भए पछि दिएको एक अन्तरवार्तामा यो पनि भनेकी छिन कि उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न चाहान्छिन ।

हाल चीनमा रहेकी खतिवडाको कौंशलता त्यहाँ पनि देखिएको छ । मिस वल्र्डमा हुने धेरैं टास्कहरुमध्य एक हेड टु हेड टास्क पनि एकदमैं महत्वपुर्ण हुन्छ । यसमा फरक फरक देशका ७ जना जति प्रतियोगीहरुलाई सँगैं राखेर प्रश्नत्तोर गर्ने गरिन्छ ।

यसमा एक जनालाई पाँच देखि सात वा त्यो भन्दा धेरैं प्रश्न गर्ने गरिन्छ । सबैंलाई प्रश्नकर्ताले उनीहरुको व्यक्तिगत, सामाजिक र देश अनि विश्वका बारेमा फरक फरक प्रश्न सोध्ने गर्छन । यस चरणमा पनि श्रंखलाले प्रश्नकर्ताको मन जित्न सफल भएकी छिन ।

उनलाई धेरैं प्रश्नहरु सोधिएको थियो जसमा एउटा नेपालको बारेमा पनि थियो । उनलाई प्रश्नकर्ताले सोधे, “नेपालको सबैंभन्दा ठुलो समस्या के हो ? अनि यसको समाधान ?” यसको जवाफमा गम्भिर हुँदैं खतिवडाले भनिन,“नेपालको सबैंभन्दा ठुलो समस्या भनेको बेरोजगारी हो ।

यसलाई कम गर्नको लागि हामीले हाम्रो पर्यटन क्षेत्रको विकास गरेर देशमा रोजगारी सिर्जजा गर्न सक्छौं । किनभने नेपाल प्राकृतिक रुपमा धेरैं सुन्दर छ ।” उनको यो कुरा सुनेर प्रश्नकर्ताले मुस्कुराउँदैं “मलाई तपाईको जवाफ मन पर्यो नेपाल ।” भनेका छन ।

नेपालीहरुले विश्वसामु गएर नेपाललाई यसरी परिचीत गराउँदैं गर्दा मनमा हर्ष नभएका नेपालीहरु सायदैं होलान । देश विदेशमा रहेका नेपालीहरुको भरपुर सहयोगले श्रंखलाई जिताउन ठुलो सहयोग मिल्नेछ । किनभने अब अनलाईनबाट प्राप्त भोटका आधारमा उनको छनोट हुनेछ ।

प्राप्त जानकारी अनुसार उनी अहिले पहिलो स्थानमा छिन् । यसैले विश्वले नै भनिरहेको छ इन्टरनेटमा नेपालीहरुको सक्रियता देख्दा हामी चकित बन्यौँ । उनलाई निरन्तर अघि बढाउन नेपालीकै भूमीका जरुरी छ । किनकी अरु देशकापनि आफ्नै प्रतिस्पर्धी छन् उनीहरु आफ्नै प्रतिस्पर्धी जिताउन लागिरहेका छन् । हामीले हाम्रो ठाउँबाट सहयोग गरौं श्रंखलालाई भोट माग्न यस्ता सामाग्री सेयर गरौँ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *