काठमाडौं– प्रधानमन्त्री केपी ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भेटवार्ता भएको छ । प्रधनमन्त्री ओलीसँगको भेटवार्तामा स्टेट काउन्सिलर सु कीले आफूले विगतमा बसेको समयमाभन्दा काठमाडौँमा धेरै परिवर्तन भएको पाएको अनुभव सुनाएकी छन् ।
नेत्री सु की सन् १९७३ मा आफ्ना श्रीमान्ले अनुसन्धान गर्न आएका बखत नेपालमा बसेकी थिइन् । सु कीकी बौद्ध गुरुआमा समेत नेपालकी अनगारिका धम्मावती गुरुमा हुन् । भेटमा प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा रहेको नेत्री सु कीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तकसमेत उपलब्ध गराएका थिए ।
– रातो पाटी
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0