२.० मा रजनीकान्तको ठाउँमा शाहरुखलाई खेलाउन चाहन्थे निर्देशक, किन गरे खानले अस्वीकार ?

२०७५ मंसिर १४, शुक्रबार २२:४३ गते २०७५ मंसिर १४, शुक्रबार २२:४३ गते २०७५ मंसिर १४, शुक्रबार २२:४३ गते

अक्षय कुमार केही दिन देखि फिल्म २.० का कारण चर्चामा छन् । उनका साथ किंग खान अर्थात शाहरुख खान पनि चर्चामा आएका छन् । आफ्नो आगामी फिल्म जिरोलाई लिएर चर्चा मा रहेका शाहरु अहिले २.० का कारण चर्चामा आएका हुन् ।

शाहरुख खानले आफ्नो करियरमा बलिउडका करिब ९० फिल्म खेलेका छन् । यसका अलावा उनले ७ डकुमेन्ट्री, ९ टिभी शो तथा विभिन्न शोहरुको एंकरिङ गरेका छन् ।

किग अफ रोमान्सका नामले परिचित शाहरु खान भारतमा मात्र होइन विदेशमा पनि चर्चामा रहने गरेका छन् ।  आफ्नो करियरमा धेरैवटा सुपरहिट फिल्म दिएका उनले कयौं यस्ता फिल्म खेल्न इन्कार गरेका छन् जो पछि गएर निकै हिट बनेका थिए ।

शंकरको फिल्म २.० मा पनि रजनीकान्त भन्दा पहिला किंग खानलाई आग्रह गरिएको थियो तर उनले फिल्म खेल्न इन्कार गरे । तर अहिले फिल्म निकै चर्चामा आएको छ ।यहाँ हामी शाहरुखलाई अफर गरिएको र उनले खेल्न अस्विकार गरेको केही फिल्मबारे जानकारी गराउँछौं ।

मुन्ना भाइ एमबीबीएस

यो फिल्मले सञ्जय दत्तको करियरमा निकै हलचल ल्याएको थियो । तर यो फिल्ममा पहिला शाहरुख खानलाई खेलाउन चाहेका थिए तर उनले अस्वीकार गरे । फिल्ममा शाहरुखलाई मुन्ना भाइ र सञ्जय दत्तलाई चिर्कुटको भूमिकाका लागि अप्रोच गरिएको थियो तर शाहरुखले अस्विकार गरेका कारण सञजुले नै मुख्य भूमिका निभाएका थिए ।

लगन

फिल्म लगन नहेर्ने सायदै कम होलान् । यो फिल्म आमिर खानले अभिनय गरेको उत्कृष्ठ मध्येको एक फिल्म हो । तर निर्देशक आसुतोषको पहिलो रोजाइमा शाहरुख खान थिए । फिल्ममा भुवनको भूमिकाका लागि आमिर भन्दा पहिला शाहरुखलाई अफर गरिएको थियो । तर शाहरुखले यो फिल्म खेल्न अस्वीकार गरे ।

थ्री इडियट्स

थ्री इडियट्स पनि बलिउडको सुपरहिट फिल्ममध्ये एक हो । फिल्मको गीत देखि अन्य सिनसम्को निकै चर्चा हुने गरेको छ । विधु विनोद चोपडाले यस फिल्ममा आमिरको भूमिकाका लागि शाहरुखको लागिछानेका थिए तर उनले त्यसलाई अस्वीकार गरिदिए ।

त्यस्तै आमिरले नै अभिनय गरेको फिल्म रंग दे बसन्तीका लागि निर्देशकले शाहरुखलाई रोजेका थिए । तर शाहरुखले यो फिल्म खेल्न मानेनन् । आफूले यो फिल्म नखेलेकोमा अपसोच लागेको उनले एक अन्तर्वार्ताका क्रममा बताएका थिए ।

तारे जमिन पर

यो फिल्ममा आमिर शिक्षककको भूमिकामा थिए । यो फिल्म पनि शुरुमा शाहरुखका लागि अप्रोच गरिएको थियो तर शाहरुखले यो भूमिकामा आफूले भन्दा आमिरले राम्रो गर्ने बताएका थिए ।

जोधा अकबर

ऐश्वर्या राय तथा अभिषेक ऋतिक रोशनको फिल्म जोधा अकबर पनि किंग खानलाई अफर गरेका थिए । यो फिल्म खेल्न पनि उनले इन्कार गरेका थिए ।

-लोकान्तर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *