जनशक्ति सामुदायिक वनको साधारण सभा

२०७४ माघ २७, शनिबार १७:१५ गते २०७४ माघ २७, शनिबार १७:१५ गते २०७४ माघ २७, शनिबार १७:१५ गते

ओमप्रकाश गुप्ता
गढवा २७ माघ । जनशक्ति सामुदायिक वन उपभोक्ता समुह गढवा गाउँपालिका १ वनघुस्रीको १९ औँ वार्षिक साधारण सभा शनिवार वनघुस्रीमा सम्पन्न भएको छ । समुहका अध्यक्ष चित्रबहादुर महतराको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सभाममा वार्षिक प्रतीवेदन समुहका अध्यक्ष चित्रबहादुर महतरा र आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष मिनाकुमारी महतराले प्रस्तुत गरेका थिए । समुहका उपाध्यक्ष लेखनाथ पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला सदस्य हरि सुवेदी, इलाका स्तरीय वन उपभोक्ता महासंघका अध्यक्ष नवराज शर्मा, वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका अध्यक्ष उमाकान्त पन्त,गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, कुलपानी सामुदायिक वनका अध्यक्ष देवलाल यादव,सुर्य सामुदायिक वनका अध्यक्ष सुर्यबहादुर श्रेष्ठ,आधारभुत विद्यालय वनघुस्रीका प्रअ राजितराम यादव,समुहका लेखा समितिका संयोजक लेखतबहादुर राना, सदस्य रामबहादुर महतरा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै विभिन्न खेलकुदका प्रतियोगीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन मधुसुदन केसी र दिलमाया घर्तीमगरले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *