इलाम । नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका इलामनगरपालिका वडा नम्बर ३ पुवामझुवा (साबिक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकि एक महिलाले बच्चा जन्माएर हत्या गरेर फालेकी थिइन् ।
सूर्योदय नगरपालिका वडा नम्बर ९ स्थायी घर भएकि साबित्रा मुखिया सुनुवारले बच्चा जन्माएर हत्या गरेर बाटोमा फालेको थिइन् । आफन्तको पाहुना लाग्न आएकि सुमित्राले राति शौचालयमा बच्चा जन्माई बच्चाको घाँटी थिचेर हत्या गरेर पाहुना लागेको घर नजिकैको बाटोमा फालेको थिइन् ।
शुक्रबार बिहान करीब ५ बजे डेरीमा दुध लैजानेले मृत अवस्थामा शिशु देखेपछि हल्ला भएको थियो । घटनापछि प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गर्दा साबित्रा मुखिया सुनुवार त्यसको दोषि भएको पत्ता लागेको हो ।
सुनुवार बिबाहित भएपनि उनको श्रीमान बैदेशिक रोजगारमा छन् । श्रीमान नभएको समयमा परपुरुषसंग अबैध सम्बन्ध राखेर बच्चा जन्माएर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारेमा अनुसन्धान सुरु गरीसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पिडक सुनुवारको दुईजना छोरीहरु रहेको बुझिएको छ ।
-हाम्रा कुरा
Views: 0