निर्मला हत्या कान्ड अब राष्ट्रसंघले अनुगमन गर्ने

२०७५ मंसिर १५, शनिबार ०९:१४ गते २०७५ मंसिर १५, शनिबार ०९:१४ गते २०७५ मंसिर १५, शनिबार ०९:१४ गते

काठमाडौँ — महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी छन् ।

निर्मला प्रकरणबारे सरकारी अधिकारीसँगको भेटमा के कुरा भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस मामलामा थप जानकारीका लागि अनुरोध गरेकी छु । यसबारे अनुगमन गर्ने बताएकी छु ।’

निर्मला प्रकरणमा सरकारलेलिने रवैयाले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनप्रतिको उसको प्रतिबद्धता प्रस्ट हुने उनले बताइन् । ‘निर्मला पन्तसम्बन्धी मुद्दा सरकारका लागि परीक्षण हो,’ महिला हिंसाको अवस्थाबारे प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै सिमोनोभिचले बिहीबार भनिन्, ‘आशा छ, नेपालले अपनाएको मानव अधिकार मापदण्डको मानकका रूपमा यसको प्रभावकारी ढंगले समाधान हुनेछ ।’

नेपालको दसदिने भ्रमणको दौरानमा सिमोनोभिचले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसित भेटवार्ता गरेकी थिइन् । उनले मानव अधिकार आयोग, महिला आयोग, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि र यौन हिंसापीडितसँग पनि कुराकानी गरेकी थिइन् ।

महिला अधिकार रक्षाका लागि अन्तर्राष्ट्रियस्तरमा एक कानुनी ढाँचा विकास गर्न नेपालले गरेको प्रगतिलाई स्विकारे पनि उनले त्यसको कार्यान्वयन पक्ष फितलो भएको जनाइन् ।

‘छाउपडीजस्ता प्रथाहरू अझै पनि अधिकार र अभ्यासबीचको विरोधाभासका रूपमा विद्यमान छन्,’ उनले भनिन्, ‘त्यस्ता अभ्यासविरुद्ध थुपै्र कानुन भए पनि कार्यान्वयन पक्ष निकै फितलो छ ।’ उनले संघीय, प्रान्तीय र स्थानीय सरकारका लागि त्यस्ता कानुन पूर्ण रूपमा लागू गर्न‘ मुख्य चुनौती रहेको बताइन् ।

सिमोनोभिचले आफ्नो अन्तिम प्रतिवेदन राष्ट्रसंघको मानव अधिकार परिषद्मा आगामीजुनमा प्रस्तुत गर्नेछिन् । उनी सन् २०१५ मा महिला हिंसासम्बन्धी राष्ट्रसंघीय विशेषदूतका रूपमा नियुक्त भएकी हुन् ।-कान्तिपुर डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *