श्री ५ केपी ओली’ लेख्न बाँकी ;गजुरेल

२०७५ मंसिर १५, शनिबार २०:४६ गते २०७५ मंसिर १५, शनिबार २०:४६ गते २०७५ मंसिर १५, शनिबार २०:४६ गते

मंसिर १५, २०७५
बुटवल – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुइतिहाई बहुमत देशका लागि अभिशापसिद्ध भएको दाबी गरेका छन् ।

‘यो सरकार ५ वर्ष ढल्नेवाला छैन । दुर्भाग्य, संविधानमै यस्तै व्यवस्था छ, ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालोजस्तो भो,’ गजुरेलले भने ।

ADVERTISEMENT

रिपोर्टर्स क्लब ५ नम्बर प्रदेश बुटवलमा आयोजित साक्षात्कारमा उनले भने, ‘अहिले सरकार नयाँ युगको कुरा गर्दै पोलपोलमा फोटो राख्ने गरिएको अब श्री ५ केपी ओली लेख्न मात्रै बाँकी छ ।’

नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका देखाउन नसक्दा भिजेको बिरालोजस्तै भएको उनको तर्क रहेको छ । उनले ओली सरकारले जतिसुकै गम्भीर गल्ती गरेपनि दुईतिहाईको सरकार हट्न नसक्ने अवस्था रहेको कारण जनतामा निराशा छाएको उनको भनाइ छ ।

९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको भन्दै जसले बितृष्णा जगाउने काम गरेको बताए । उनले भने, ‘वामपन्थी पनि होइन, प्रतिक्रियावादीको सरकार बन्यो ।’ सरकारले राष्ट्रियताको उपहास गरेको भन्दै नक्सामा कालापानी गायब गर्नु राष्ट्रको नाममा गद्दार गरेको उनको आरोप छ ।

सरकारले कम्युनिस्टकै नाममा कम्युनिस्टकै उपहास गरेको दाबी उनको छ । करको दायरा फराकिलो बनाउने बहानामा दुनियाँमा नै नभएको विभिन्न दर बढाएकोमा उनको आपत्ति छ । देशका समस्या समाधान गर्नुको सट्टा सरकार सेवासुविधा बढाउनतर्फ लागेको भन्दै उनले सरकार नै फेल भएकोे दाबी गरे । निर्मला पन्त हत्याकाण्डमा सरकार पूर्णरुपमा नै असफल भएको नेता गजुरेलको दाबी छ ।

अब विस्तारै यो घटना अन्तर्राष्ट्रियकरण हुन थालेको भन्दै यसमा देशको अवस्था के कस्तो भन्ने विषयमा जनताले बुझ्ने बेला आएको बताए । उनले सरकारले शिक्षामा माफियाकरण गरेको भन्दै गोविन्द केसीको माग पूरा गर्न नसक्नु आफैंमा लज्जाको विषय भएको बताए । उनले भने, ‘माफियाकै कब्जामा देश रहेको छ, दलाल र नोकरशाही पुँजीपतिको कब्जामा देश गइसक्यो ।’

वाइटबडी विमान खरिदमा भएको भष्ट्राचारले पञ्चायतमा पञ्चेहरूले गर्ने भष्ट्राचारभन्दा पनि बढी भष्ट्राचार भएको उनको दावी रहेको छ । मन्त्रीहरूकै संलग्नतामा भएको भष्ट्राचारलेले देश कंगालीकरणतर्फ अगाडी बढेको उनको भनाई रहेको थियो ।

लोकतन्त्र बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *