जखेरा प्रदेश पाँचको पर्यटन गन्तब्य वन्ने महरा

२०७४ माघ २९, सोमबार १३:२४ गते २०७४ माघ २९, सोमबार १३:२४ गते २०७४ माघ २९, सोमबार १३:२४ गते

ओमप्रकाश गुप्ता
देउखुरी २९ माघ । लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरा तालको विकास र समृद्धिको लागी दोस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । तीन दिन सम्म चल्ने महोत्सवको नेकपा माओवादी केन्द्रका नेता,प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरालले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै महराले जखेरा प्रदेश पाँचको पर्यटन गन्तब्य वन्ने र त्यसका लागी सरकारले योजना तथा बजेट उपलब्ध गराउने भन्दै आश्वस्त पारे । प्रमुख अतिथि समेत रहेका महराले पार्टी एकता गर्नै पर्ने वताए । दुई पार्टीका अध्यक्षहरु विच सोमवार २ घण्टा पार्टी एकताकै विषयमा ज्यादै महत्वपूर्ण छलफल भएको छ । छलफल निकै सकारात्मक भएको मैले थाहा पाएको छु ,उनले भने–‘पार्टी एकता हुदैन की भन्ने आशंका क्रमस हट्दै गएको छ, मिल्नुको विकल्प छैन् उनले भने’ साथै उनले अव वन्ने वाम गठवन्धनको सरकारले नयाँ अवधारणा अघि सार्ने पनि वताए । उनले दाङको जखेरा ताललाई त्यस अवधारणा भित्र समेटने बचन पनि दिए । सो अवसरमा प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्रदेश सरकारको तर्फवाट पर्यटन क्षेत्रको विकासको लागी बजेट विनियोजन गर्ने वताए । अर्का प्रदेशसभा सदस्य इन्द्रजीत थारुले विकास र समृद्धिको आधार पर्यटन क्षेत्र भएको भन्दै पाँच नम्वर प्रदेशको पर्यटन गन्तब्य जखेरा ताललाई वनाउने विश्वास दिलाएका छन् । जखेरा शिवालय तथा धार्मिक प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा स्थानीय थारु संस्कृती झल्कने झुमरा नाच प्रस्तुत गरिएको थियो । प्रतिनिधिसभा सदस्य महरा तथा प्रदेशसभा सदस्यहरु रेवतीरमण शर्मा, इन्द्रजीत थारुलाई ज्ञापन पत्र वुझाइएको छ । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका नेता प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधान मन्त्री कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गौतम, लमही नपाका उपप्रमुख देवका बेल्वासे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ताल संरक्षण समितिका सल्लाहाकार तथा लमही नपा ३ का वडा अध्यक्ष बाबुराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । यसै बिच मंगलवार गायक बद्री पैगेनी, मोडल गोरन चौधरी, गायक तथा मोडल विजय पुन, अनु मगर आउने आयोजकले बताएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *