रियालिटी सो ‘नेपाल आइडल’का प्रस्तोता आसिफले किन मागे माफी

२०७५ मंसिर १६, आईतवार १३:११ गते २०७५ मंसिर १६, आईतवार १३:११ गते २०७५ मंसिर १६, आईतवार १३:११ गते

रियालिटी सो ‘नेपाल आइडल’का प्रस्तोता आसिफले माफी मागेका छन्।

अभिनेतासमेत रहेका शाहले बिहीबार प्रसारित कार्यक्रममा बोलेका शब्दले दृष्टिविहीनहरूको उपेक्षा गरेको भन्दै व्यापक आलोचना भएपछि माफी मागेका हुन्। आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै उनले माफी मागेका हुन्।

कार्यक्रममा नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको योगदानलाई उल्लेख गर्ने क्रममा आसिफले ‘आँखा नहुँदो हो त यो सप्तरंगी संसार व्यर्थ हुँदो हो…. ’ भनेका थिए। उक्त भनाइले दृष्टिविहीनहरूको भावनामा चोट पुर्याएको भन्दै टीकाटिप्पणी र आलोचना भएको हो।

शब्द चयनमा ध्यान नदिएको भन्दै कार्यक्रमको स्क्रिप्ट लेख्नेदेखि लिएर नेपाल आइडल टिमकै आलोचना भएपछि भएपछि आशिफले फेसबुमार्फत माफी मागेका हुन्।

अभिनेता तथा नेपाल आइडल सिजन २ का प्रस्तोता आसिफले आफ्नो फेसबुकमा लेखेका छन्– ‘गत बिहीबार प्रसारित नेपाल आइडलको राष्ट्रभक्तिसम्बन्धी विशेष एपिसोडमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वहरूको भनाइसमेत प्रस्तुत गर्ने क्रममा नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतका लागि मबाट बोलिएका केही लाइनबाट सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति म व्यक्तिगत रूपमा क्षमायाचना गर्दछु । यस बारेमा लगत्तै अर्को दिनको एपिसोडमासमेत उल्लेख गरिसकेका थियौँ र त्यसरी नलिन अनुरोधसमेत गरेका थियौं । कसैको भावना कुनै ठेस पुगोस् त्यस्तो हामीले चाहना राख्नुपर्ने कुनै कारण छैन । पुनः एकपटक संसारभरबाट रेकर्ड संख्यामा नेपाली दर्शकले दर्शाउनुभएको मायाप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा शब्द चयनमा अझ बढी सचेत हुने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले अगाडि लेखेका छन्– ‘म हिजोका दिनमा पनि दृष्टिविहीनप्रति निकै संवेदनशील थिएँ, भोलिका दिनमा पनि हुनेछु । यो घटनाले मलाई आगामी दिनमा दृष्टिविहीनप्रति अझ सम्मान र सद्भाव प्रकट गर्न सिकाएको छ।’-नेपाल खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *