गर्मी मौषममा भन्दा जाडो मौषममा बाथ रोग बढी देखिने गरेको छ। वीर अस्पतालका वरिष्ठ बाथ रोग विशेषज्ञ डा.अन्जल विष्टका अनुसार सामान्यतया रगतका नलीहरु साँघुरिनु वा जोर्नी दुख्ने समस्यालाई बाथरोग भनिन्छ । यो समस्या जाडो मौषममा बढी देखिन्छ । “चिसो पानी वा चिसो वस्तु छुँदा हातखुट्टाका औंलाको रंग परिवर्तन भई सेतो, नीलो वा रातो हुनुका साथै औँलाका टुप्पामा घाउ भई रगतका नशाहरु खुम्चिँदा रक्तसञ्चार पुर्णरुपमा बन्द भई बिरामीको मृत्यु हुने खतरासमेत हुन्छ,” उनले भने “उच्च रक्तचाप, मधुमेह र युरिक एसिडका बिरामीमा बाथ रोग अझ बढी चिसो मौषममा सताउने हुन्छ ।” यो रोग जुनसुकै उमेर समूहका मानिसमा हुने हुँदा लक्षण देखिनेबित्तिकै उपचार गनुपर्छ । समयमै उपचार नभएमा अपाङ्गता हुनुका साथै मुटु,फोक्सो,कलेजो,मृगौला,छाला तथा नशामा पनि असर गर्ने डा. विष्ट बताउँछन्। बाथ रोग मुख्यतयाः र्युमटोइड आरथ्राइटिस (आम बाथ),ओस्टियो आरथ्राईटिस (जोर्नी खिइने बाथ),युरिक एसिडको बाथ (गाउट),स्पोण्डीलो आरथ्राईटिस (ढाडको बाथ),र्युमारिक फिबर (मुटुजन्य बाथज्वरो) र लुपस( एस.एल.इ.)भास्कुलाइटीस (नशाको बाथ) बालबालिकामा हुने बाथ (झुबेनाइल आरथ्राइसिस) आदि मुख्य रुपमा बढि देखिने बाथ हुन् ।
यसका लक्षण
१.बिहानीको समयमा हात खुट्टाका जोर्नीहरू दुख्ने र सुनिने ।
२.शरीर आलस्य हुने।
३.ज्वरो आउने।
४.छालामा निको नहुने घाउ आउने ।
५.फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने ।
६.फोक्सोबाहिर पानी जम्ने ।
७.पानीमा काम गर्दा छालाको रङमा परिवर्तन आउनुका साथै घाउ खटिरा आउने निलो डाम देखिने
८.ढाड कम्मर जीउ दुख्ने ।
९.पिडौला कुर्कुच्चा पौतला पोल्ने ।
बच्न
१.बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको औला सेक्ने ।
२.चिसोमा नजाने
३.चिसो मौषममा तातो खानेकुरा खाने,न्यानो कपडा लगाउँने
४.धुम्रपान तथा मद्ययपान नगर्ने ।
५.जंगफुडको प्रयोग पनि गर्नु हुदैन् ।
६.हरियो तरकारी,अनार,मौषम गाजर,स्याउजस्ता फलफुल खान सक्छन्।
७.शरिरमा निलडाम देखिएमा मुखमा घाउ आएमा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई देखाउँने ।
-१२ खरी बाट
Views: 0