कोठा भाडामा बस्नेहरु ख्याल गर्नुस्, गोप्यरुपमा सीसी क्यामरा त जडान गरिएको छैन ?
तपाई कोठाको खोजीमा हुनुहुन्छ वा कोठा भाडामा लिएर बसिरहनु भएको छ भने आफू बस्ने कोठाको राम्रोसँग जाँचबुझ गर्नुहोला !
कोठा भाडामा लगाउने घरधनीले कोठाहरुमा गोप्य रुपमा सीसी क्यामेरा जडान गरेको समाचारहरु बाहिरिएका छन् ।
भारत तामिलनाडुको राजधानी चेन्नाइको एक घरमा भाडामा बसेका युवतीहरुलाई थाहा थिएन की त्यस भवनमा केही गोप्य सीसी क्यामेरा जडान भएका छन् भन्ने । क्यामरा जडान गरिएको तथ्य युवतीहरुले निकै पछि थाहा पाए ।
भाडामा बस्ने एक युवतीले कपाल सुकाउनका लागि प्रयोग गर्ने मेसिन चलाउनका लागि प्लग सकेटमा लगाइन् । त्यसक्रममा प्लग टुट्यो र उनले त्यस बेलामा उनले त्यहाँ लुकाएर राखिएको क्यामेरा देखिन् । भित्तामा लुकाएर राखिएको क्यामरा देखेर उनी हैरान भइन् ।
यो विषय कोठामा बस्ने अन्य युवतीहरुसँग उनले भनिन् । त्यसपछि उनीहरु प्रहरीकोमा गए । प्रहरीले ४५ वर्षका घर धनी सम्पत कुमारलाई गिरफ्तार ग¥यो ।
सम्पतको घरमा यस्ता कयौं महिलाहरु बस्ने गरेका छन् ।
महिलाहरुले उजुरी दिएपछि घरको जाँचका लागि प्रहरी सम्पतको घरमा पुग्यो । जहाँबाट प्रहरीले लुकाएको अवस्थामा केही थान सीसी क्यामरा फेला पारेको छ ।
ती पुरुषले महिलाका गतिविधिलाई सीसी क्यामराको माध्यमबाट हेर्ने गरेका थिए । लोकान्तार/बिबिसी
Views: 0