राष्ट्रपति भण्डारीले गरेको यस्तो सम्बोधनले विश्वभर हलचल

२०७५ मंसिर २१, शुक्रबार २२:२३ गते २०७५ मंसिर २१, शुक्रबार २२:२३ गते २०७५ मंसिर २१, शुक्रबार २२:२३ गते

हालै पोल्याण्डमा सम्पन्न जलवायू सम्मेलनमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको भाषणको अन्तराष्ट्रिय रुपमा चर्चा भएको छ । विश्वका ठूला सञ्चारमाध्यमले उनको भाषणलाई प्राथमिकताका साथ समाचार बनाएका छन् ।

जलवायू परिर्वतबाट गरिब देश नेपालले भोग्नुपरेका समस्याबारे राष्ट्रपति भण्डारीले विश्व समुदायलाई जानकारी गराएकी थिइन् । विश्वका धनी देशले गरेको गल्तीको सजाय नेपालीहरुले भोगिरहेको भन्दै उनले यसमा बिशेष ध्यान दिन आग्रह गरेकी थिइन् ।

जून समाचार एफपी, जापानटाइम्स लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषित गरेका छन् । नेपालमा वातावरणविद्हरु भूषण तुलाधर लगायतले पनि सामाजिक सञ्जालमा राष्ट्रपतिको भाषणको चर्चा गरेका छन् ।

सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवर्द्धन र व्यवस्थापनमा सिंगो समाज नै अग्रसर हुनुपर्ने बताएकी थिइन् ।
एकिकृत पर्वतीय विकास लागि अन्तर्रा्ष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्या र सहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले यथोचित ध्यान र्पुयाउनुपर्ने औँल्याइन्।

जलवायु परिवर्तनले सुख्खा डढेलो तथा बाढीपहिरोजस्ता समस्यालाई अझ जटिल बनाएको र नेपालका सुन्दर हिमशृङ्खला र हिमताल पग्लेर उत्पन्न हुने बाढीपहिराले जनधनको ठूलो क्षति हुँदै आएको तथा यसबाट वातारण विनाश र पर्यटनको आकर्षणको केन्द्रका रुपमा रहेका नेपालको मौलिक पहिचान गुम्ने अवस्थामा पुगेकामा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरिन्।

‘पेरिस सम्झौतालगायत ओजन तहको क्षयीकरण रोकथाम गर्ने विषयमा भएको सम्मेलन तथा मरुभूमीकरणविरुद्ध बेइजिङ सम्मेलनले तय गरेका विभिन्न अन्तर्रा्ष्ट्रिय महासन्धि तथा सन्धिको अनुमोदन तथा सम्मेलनको भावनाअनुसारका राष्ट्रिय नीति, कानून तथा संस्थागत संरचनाको विकास गर्दै जान नेपाल सरकार प्रतिबद्ध रहेको मैले महसुस गरेकी छु,’ राष्ट्रपतिले भनिन्।

उनले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न सरकारले नागरिक समाज र सरोकारवाला समूहको सहभागितामा वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गरिन्।

उनले सम्मेलनले वर्तमान र भावी पुस्ताको स्वस्थ्य वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने मौलिक हक संरक्षणको विषयमा दूरगामी दृष्टिकोण र व्यावहारिक कार्य्दिशा तय गर्ने विश्वस गरिन्।

internetsansar बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed