उपक्षेत्रीयका निमित्त मेसु पन्थिद्वारा नयाँ कर्मचारी भर्ना गर्ने आजलाई स्थगित, ९ गते फेरी अन्तरवार्ताका लागि वोलाए

२०७४ फाल्गुन ४, शुक्रबार १४:४१ गते २०७४ फाल्गुन ४, शुक्रबार १४:४१ गते २०७४ फाल्गुन ४, शुक्रबार १४:४१ गते

काठमान्डौ, फागुन ४ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारीत भइसकेपछि साविकको राप्ति उपक्षेत्रीय अस्पतालमा प्रतिष्ठानमा रुपान्तरण भइसकेपनि उपक्षेत्रीय अस्पतालमा धमाधम अवैधरुपमा कर्मचारी भर्ना गर्न थालिएको समाचार वाहीर आएपछि हंगामा भएको छ ।

 

अस्पतालका निमित्त मेसु डा.पन्थिले अस्पताल विकास समितिका अध्यक्ष र जिल्ला प्रशासनको प्रतिनिधी वसेर कर्मचारी भर्ना गर्ने योजना अनुसार आज सार्वजनिक विदाका दिन पनि आवेदकहरुलाई अन्तरवार्ताका लागि वोलाएका थिए । जिल्ला प्रशासन कार्यालय दाङको प्रतिनिधि कर्मचारीको विषयमा विवाद भएको समाचार आएपछि अन्तरवार्तामा सहभागि भएका थिएनन् । जिल्ला प्रशासनको प्रतिनिधि नआएपछि कर्मचारी हाल्ने प्रकृया शुक्रवारका लागि स्थगित भएको छ ।

अवैध प्रकृयावाट गर्न लागेको निमित्त मेसुको कामको चारैतिर विरोध र सञ्चारमाध्यममा आएपछि पन्थिले सार्वजनिक विदाका दिन भनिएको शुक्रवारको अन्तरवार्ता स्थगित गरेका हुन् । उनले फेरी प्रतिष्ठानको ऐनलाई धज्जी उडाउदै फागुन ९ गते फेरी पछिल्लो लटको १० जनालाई अन्तरवार्ताका लागि वोलाएका छन् । प्रतिष्ठानको ऐन विपरीत कर्मचारी नियुक्त गर्न थालेपछि निमित्त मेसु पन्थिको चारैतिर आलोचना हुन सुरु भएको छ । प्रतिष्ठानको कामकाजलाई अघि बढाउन वाटो खुला गर्नुपर्नेमा अवरोधकारुपमा काम गर्न थालेको भनेर उपकुलपति डा.संगिता भण्डारीलाई आरोप लगाइसकेकि छिन् ।

भण्डारीले आफ्नो अधिकारभन्दा वाहीर गएर कर्मचारी नियुक्त गर्न खोजिएकोप्रति कडा आपत्ति जनाउदै निमित्त मेसुको कानुन विपरीतका काम सबै खारेज हुने बताइसकेकि छिन् । उनले नयाँ सबै भर्ना खारेज हुनेसमेत बताएकी छिन् । निमित्त मेसुले प्रतिष्ठानको विवाद बढाएर अहिले सेटिङ मिलाएर आफ्ना नाता, गोता, स्ष्टमित्र, राजनितिक दलका नेताका आफ्ना मानिस भर्ना गर्न खोजेको भण्डारीले आरोप लगाएकि छिन् । प्रतिष्ठानको ऐन आइसकेपछि निमित्त मेसुले आफै नै अस्पतालाई वरवुझारत गरी प्रतिष्ठानलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने कानुनि प्राब्धान रहेको छ ।

प्रतिष्ठान ऐनमा उपक्षेत्रीय अस्पताल नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भन्ने उल्लेख छ । ऐन पारीत भएपछि सरकारले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा मंसिर २७ डा. संगिता भण्डारीलाई नियुक्त गरेर पठाएको थियो । नियुक्त भएपछि भण्डारी पुस २ गते यहाँ आएर हाजिर भएकि थिइन् । उपकुलपति आइसकेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत विज्ञान खोल्नुपर्नेमा अस्पतालले आफै मनोमानिरुपमा धमाधम कर्मचारीहरु भर्ना गर्न थालेको छ । अस्पतालका निमित्त मेसु जनार्दन पन्थिले अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्ने वेलामा हस्तान्तरण नगरी उनले २५ जना नयाँ कर्मचारी भर्ना गर्न थालेका छन् ।

निमित्त मेसु पन्थिले जसमा माघ २३ गते अस्पतालवाट पहिलो विज्ञापन खोलेर १५ जना स्टाफ नर्सको भर्ना प्रकृया अघि बढाएका छन् भने अहीले फेरी माघ १८ गते विज्ञापन निकालेर १० जना स्टाफ नर्स भर्ना गर्न लागेका छन् । अहिले भर्ना खोलेका स्टाफ नर्सहरुको आज परेको सार्वजनिक विदाका दिन पनि अन्तरवार्ता लिएर भर्ना गर्न थालिएको छ । यता, यस विषयमा बुझ्न खोज्दा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले प्रतिष्ठानको ऐन नै पारीत भएपछि उपकुलपति नै नियुक्त भइसकेको अवस्थामा अवैधरुपमा विज्ञापन गरी नियुक्त गरीएका सबै भर्नाहरु वदर र खारेज हुने बताएकि छिन् ।

उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आइसकेको अवस्थामा जिम्मेवारी हस्तान्तरण गरेर निमित्त मेसु जनार्दन पन्थिले बुझाउनुपर्नेमा आफै अवैधरुपमा भर्ना खोल्नु गलत भएको र निमित्त मेसुले भर्ना गरेका सबै नयाँ कर्मचारीको भर्ना खारेज हुने उनले बताइन् ।

उनले माओवादि नेता जिवन गौतममार्फत स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई दवाव दिएर गलत काम गरीरहेको र यसले समग्र प्रतिष्ठानको विरुद्ध निमित्त मेसु गइरहेको भन्दै प्रतिष्ठान जोगाउनका दङ्गालि सबै एकतावद्ध हुन जरुरी रहेको बताइन् । केहीको स्वार्थ पुरा नभएपछि प्रतिष्ठानलाई धरापमा पार्ने गरी माओवादी नेता गौतम मार्फत निमित्त मेसुले आफ्नो सरुवा रोक्न तिव्र दवाव दिदै आएको समेत दावि गरीन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *